Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

६ मन्त्री र ३ राज्यमन्त्री सहित मधेश प्रदेशको मन्त्रिमण्डल विस्तार

madesh-1675429294-1675478545.jpg

२१ माघ, हेटौंडा । मधेस प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । शुक्रबार मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनले मन्त्रिमण्डलमा छ मन्त्री र तीन राज्यमन्त्रीलाई सामेल सामेल गराएका छन् ।
नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त छ मन्त्रीले प्रदेश प्रमुख हरिशङ्कर मिश्रबाट र तीन राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्
सत्ता गठबन्धन दलमध्येका नेकपा (माओवादी केन्द्र) लाई सरकारमा सहभागी नगराई मुख्यमन्त्री यादवले नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।
शुक्रबार विस्तारित मन्त्रिमण्डलमा जसपाबाट सुरिताकुमारी साहलाई सामाजिक विकास र सिङ्गासन सा कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै एमालेबाट राजकुमार लेखीलाई कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री र शत्रुधनप्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मोहम्मद जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री बनाइएको छ ।
जनमत पार्टीबाट संसदीय दलका नेता महेशप्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । 
यसैगरी राज्यमन्त्रीमा जसपाका शेख अबुल कलाम आजादलाई सामाजिक विकास मन्त्रालय, एमालेका केशव राय चौधरीलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमत पार्टीका सञ्जयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार