Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडामा सामुदायिक वन सम्वन्धि अन्तरक्रिया सम्पन्न

329124194_119269322801909-1675517814.jpg

२१ माघ, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासं, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा शनिवार रानी सामुदायिक वनको सभाहलमा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 
कार्यक्रमका सहभागीहरुले सामुदायिक वनले भोगेका समस्याहरु, विधान तथा कार्ययोजना नवीकरण गर्दा परेका कठिनाईहरु, वनपैदावार संकलन गर्न परेका अप्ठेराहरु, समय समयमा परिवर्तन भैरहने वन ऐन तथा निमयावली, समूहमा आईपरेका आर्थिक कठिनाईहरु, राजनैतिक पूर्वाग्रह, सार्वजनिक जग्गाहरु, वन सिमानामा परेका वादविवादहरु लगायतका विषयहरुमा धारणाहरु ब्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिनाले उपभोक्ताहरुको सक्रियताका कारण नेपालको सामुदायिक वनले विश्वमा सकारात्मक सन्देश दिएको बताए । उपमहानगरपालिका सामुदायिक वनको विकासको लागि सदैव सहयोग गर्ने बताउदै सामुदायिक वनले संस्थागत विकास, आयआर्जन र वन ब्यवस्थापनमा काम गर्नु पर्नेमा जोड दिए ।  
महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघ, बागमती प्रदेशमा सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, सहजकर्ता सन्ध्या शिवाकोटी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान लगायत विभिन्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार