Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमति प्रदेशमा प्रदेश प्रमुखले गरे यस्तो सम्बोधन (पूर्ण पाठ)

Screenshot_20230209_13561-1675930679.jpg

२६ माघ, काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अहिसम्म प्राप्त उपलव्धी संस्थागत गर्दै समाजवादको लक्ष्य हासिल गर्न अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । 

बागमती प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् । उनले समग्र प्रदेशको विकासका लागि आफ्नो क्षेत्रबाट अग्रसर आग्रह गरे । उनले अहिले सम्भावनाका चुनौति रहेको बताउँदै यसलाई पार गर्न सके सफलताको क्षितिज हासिल गर्न सकिने बताए । 

यस्तो छ पूर्ण पाठ

बागमती प्रदेशसभाका माननीय सभामुख महोदय,

माननीय सदस्यज्यूहरु, 

सर्व प्रथमतः म यो लोकतान्त्रिक संविधानले गरेको व्यवस्था बमोजिम प्रदेशसभा सदस्यहरुको दोस्रो निर्वाचन पश्चात बनेको यो गरिमामय प्रदेशसभामा निर्वाचित भएर आउनु भएका सम्पूर्ण सांसदहरूप्रति बधाई ज्ञापन गर्न चाहन्छु । तपाईहरु एउटा यस्तो प्रदेशको गरिमामय सदनमा विधि निर्माताको हैसियतले उपस्थित हुनुहुन्छ, जुन प्रदेशमा लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी रहेको छ, जसलाई मेची–कालीदेखि हिमाल तराईसम्मका जनताको केन्द्र मानिन्छ र जहाँ विश्व सम्पदा सूचीका कैयौं महत्वपूर्ण स्थानहरु रहेका छन् । यो गरिमामय सदनमा माननीय सांसदज्यूहरुका माझमा आफूलाई पाउँदा मैले गौरवबोध गरिरहेको छु । 

हाम्रो प्रदेश पाँचहजार वर्ष यताका कला–कौसल, सभ्यता र संस्कृतिका कारण गौरवमय छ । भूगोल र जनसंख्याका दृष्टिले पनि हाम्रो प्रदेश अत्यन्तै महत्वपूर्ण विविधतामा आधारित सहिष्णुताको जगमा विकास र पुस्तान्तरण हुँदै आएको विषयमा सबै माननीय ज्युहरु भलीभाँति जानकार हुनुहुन्छ । अब सिंगो प्रदेशको अग्रगतिका योजना तर्जुमा गर्न तथा समाज र समयको उद्बोधनलाई मनन गर्दै आवश्यक निति, नियम र कानूनको निर्माण एवं परिपालना, छुवाछुत, महिला हिंसा, मानव बेचविखन र लागुऔषधको ओसार–पसारजस्ता विकृति विसंगतिहरुको अन्त्य गर्न दृढ संकल्पका साथ  राष्ट्रप्रति जिम्मेवार रही जनताको पक्षमा अविष्मरणीय काम गर्न यो प्रदेशसभा सफल र सक्षम रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

बागमती प्रदेशसभाको पहिलो कार्यकालमा मुल विधेयकका साथै संशोधन विधेयक, सालबसाली आर्थिक विधेयक र विनियोजन विधेयक समेत गरी जम्मा ७० वटा विधेयकहरु पारित भएका छन् । यस प्रदेशसभाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याउन, कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन र सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा उपलब्ध गराउँन आवश्यक पर्ने जनमुखी कानूनहरु निर्माण गरी प्रदेशसभाको सान्दर्भिकतालाई पुष्टी गर्ने नै छ भन्नेमा म विश्वस्त छु । 

गाँस, बास, कपास र शिक्षा–स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिका लागि आवश्यक कदम चाल्नु छ र समाजवादको लक्ष्य प्राप्तिका लागि उद्योग–धन्दाको स्थापना, विकास र रोजगारी सिर्जना गरी समृद्ध प्रदेश निर्माणमा मन, वचन र कर्मले अनवरत लागिपर्नु पनि हाम्रै दायित्वभित्र पर्दछ । जनजीविकाका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा यदि विगतमा कहीँ कतै कमी–कमजोरी भए–रहेका छन् भने तिनबाट शिक्षा लिँदै नयाँ आयामहरु निर्माण गर्न समय सापेक्ष रुपान्तरणका लागि दृढतापूर्वक अघि बढ्न सक्नुपर्छ । अब टुटेका जीवकोषप्रति विलाप गर्न छाडेर नयाँ कोष निर्माणको समुचित प्रबन्ध गर्नुपर्छ । 

माननीय सदस्यहरू, 

उत्पादनलाई जनजीविकाको सूत्रमा बाँधी औद्योगिकीकरणसंग जोड्नु हाम्रो प्राथमिकतामा पर्नुपर्छ । हाइड्रोजन प्लान्ट स्थापना गरी उर्जाको क्षेत्रमा वृहत परिवर्तन ल्याउने सम्भावना यो प्रदेशले बोकेको छ । वनहरुको संरक्षण र सदुपयोग गरी हेटौडा वरिपरिका सम्भावित क्षेत्रहरुमा मरिच खेती र नदि किनाराका भिराला पाखाहरुमा चिउरी, केरा, आँप, कटहर, भूँइकटहर, लिची, एभोकाडो जस्ता फलफूल लगाई हाम्रो खानपान शैली परिवर्तन गर्न, अन्न उबार्न र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । 

परम्परागत निर्वाहमुखि कृषि प्रणालीलाई आधुनिक व्यवसायीक कृषि प्रणालीमा रुपान्तरण गर्ने वातावरण निर्माण गरी कृषिक्षेत्रमा आत्मनिर्भर हुने गरी योजना तर्जुमा गर्न विलम्ब गर्नुहुदैन । किसानहरुले उत्पादन गरेको फसलहरुको बजार सुनिश्चित गर्ने,उन्नत किसिमका मल,बिउ–विजन र प्रविधी उपलब्ध गराउने लगायतका किसानमैत्री नीति तर्जुमा गरी बिक्री नभएर सडकमा फसल फ्याँक्नुपर्ने कहालीलाग्दो अवस्थाबाट मूक्त भई निर्धक्कतापूर्वक कृषकले सकेजती उत्पादन गर्ने र सरकारले बजार व्यवस्थापन गरिदिनुपर्छ । 

बजेट निर्माण र विनियोजन प्रणालीमा हिजो र आजबीच तात्विक अन्तर नभएको गुनासो सम्बोधन हुनुपर्छ । हामीले बजेट विनियोजन गर्दा ठूला ठूला जलविद्युत आयोजनाहरु, नमूना कृषि फार्महरु, प्राविधिक शिक्षालयहरु र उद्योगहरुको स्थापना गर्नेतर्फ लक्षित गर्न सक्यौं भनेमात्र रोजगारीका अवसरहरु सृजना हुनेछन्, उत्पादनमा वृद्घि हुनेछ, निर्यात् बढ्नेछ र समग्र देशको अर्थतन्त्रमा देखिएको संकट सामना गर्न मद्दत पुग्नेछ । उत्पादनमा तीब्रता दिँदै जैविक इन्धन आयातमा कटौती गर्ने, चुला चौकाहरुमा विद्युतीय उपकरण जडान गरी सुलभ बिजुली उलपब्ध गराएर ग्यासोलाइनको सट्टा विद्युत उपयोग गर्ने, सिंचाई सुलभताका लागि हर सम्भव प्रयत्न गरी कृषि उत्पादन बढाउने कार्यका लागि नीति र योजना बनाउने जिम्मेवारी पनि प्रदेशसभाकै काँधमा छ ।

प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउन दिनुहुदैन। जनताहरुको आशा एवं विश्वासलाई व्यवहारमा मुर्त रुप दिनका लागि जनमुखी सरकारको अवधारणा अनुरूप प्रदेश सरकारका नीति,कार्यक्रम,बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैं सचेत र क्रियाशील हुन आवश्यक छ । 

सभामुख महोदय, 

राज्यको महत्वपूर्ण पदमा पुगेका व्यक्तिको सुझबुझपूर्ण र इमान्दार प्रयासले सिङ्गो देशले नै काँचुली फेरेको धेरै देशहरुको उदाहरण हाम्रो सामु छन् । त्यसैले अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भन्ने उक्तिलाइ आत्मसात् गर्दै समुन्नत प्रदेश निर्माण गर्ने महाअभियानको थालनी गरी आ–आफ्नो ठाउँबाट दृढ इच्छा शक्तिका साथ इमान्दारीतापूर्वक लागि परौं । हाम्रो सामु चुनौतीका पहाडहरु छन् भने सम्भावनाको क्षितिज पनि खुल्ला छ । 

 

उपर्युक्त विषयहरुको समुचित सम्बोधन नभई संघीयता सुदृढ हुन सक्दैन र राजनीतिक, आर्थिक एवम् सामाजिक रुपान्तरण हुँदैन । हामीले तय गरेको जिन्दगीको यात्रामा थुप्रै घुम्ती र मोडहरु तथा उतार – चडावहरु थिए । हाम्रो जीवनगाथा बहुआयामिक छ र अनमोल छ । तर अझै पनि हाम्रो जीवनगाथाको अन्तिम पन्ना पल्टाउन बाँकी छ । हामी भयंकर जंगलको यात्रामा हुँदा पनि हाम्रो यात्रा प्यारो थियो, गन्तव्य निश्चि थियो, हामीले जनतासंग प्रतिबद्घता व्यक्त गरेका छौं की निदाउँनु अघि मिलौको दूरी पार गर्नेछौं ।  

 अन्त्यमा,यो प्रदेशसभाको कार्यकाल पूर्ण सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार