Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर कांग्रेसले मनायो स्व. कोइरालाको स्मृति दिवस 

328614263_857436688675292-1675944873.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोईरालाको ८ औं स्मृति दिवस मनाइएको छ । हटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको वीपी स्मृति भवनमा स्व. कोइरालाको फोटामा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको हो । 
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, उपसभापति आनन्दराम कठाएत, निवर्तमान कार्यवहाक सभापति विष्णुप्रसाद लामिछाने, पूर्व जिल्ला सभापति रामचन्द्र आर्याल माइकल, जिल्ला सचिव भिमसेन महत, सहसचिव द्वय इन्दिरा न्यौपाने एवं ताराचन्द्र बजागाईँ निशान, अनुशासन समितिका संयोजक प्रभात दहाल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, नेविसंघका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका सचिव सचित थापा लगाएतले स्व. कोइरालाको फोटोमा पुष्पगुच्छा चढाएर सम्मान प्रकट गरेका थिए ।
२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए । पार्टी सभापति रहेकै बेला उनको निधन भएको थियो ।
२०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए । उनको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो । उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार