Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसका उम्मेदवार नै राष्ट्रपतिः सभापति बानियाँ

321954876_485427717138135-1676075286.jpg

२८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले कांग्रेसका उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गरेका छन् । 
नेपाल शिक्षक सङ्घ मकवानपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राष्ट्रपति कांग्रेसकै हुने दावी गरेका हुन् । राष्ट्रपतिको निर्वाचन पश्चात नेतृत्वदायी भूमिका सहित कांग्रेस सरकारमा समेत जाने बताए । 
अहिलेको अवस्थालाई लिएर निराश नहुन समेत उनले शिक्षक सङ्घका सदस्यहरुलाई अनुरोध गरे । अबको शिक्षा नीति उत्पादनसँग जोडिने खालको हुनुपर्ने नेता बानियाँको भनाई थियो ।
‘स्थानीय सरकारसँग समन्वय गरी काम गर्नुहोस्, त्यो वातावरण म बनाउँछु’, उनले भने, ‘निर्वाचनको सन्दर्भमा समेत शिक्षक संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ स्थानीय तहको निर्वाचनमा राप्रपाले पाएको भोटकै कारण संघ र निर्वाचनमा कांग्रेसले हार व्यहोरेको उनले जिकिर गरे । 
‘राप्रपाले आन्तरिक संगठन मजबुत बनाएको पाइयो । जनताले समय अनुसार मन र मत परिवर्तन गर्दो रहेछ भन्ने पनि देखियो’, बानियाँले भने, ‘अब सबै एक भएर अघि बढ्नु जरुरी छ ।’ 
शिक्षक सङ्घ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली कांग्रेस मकवानपुरका पदाधिकारी, शिक्षक सङ्घका केन्द्रीय पदाधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार