२९ माघ,हेटौंडा– बागमती प्रदेश राजधानी हेटौंडामा २८ बर्ष पछि अटो भिलेजको स्थापना गरिएको छ।
हेटौंडा बजार क्षेत्रम छरिएर रहेका सवारी मर्मत केन्द्रलाई एकै ठाउँमा सारीने भएको हो । बजारको सौन्दर्यमा सुधार गर्नका लागि हेटौंडा–११ को राप्ती नदी उकास करिब ३१ बिगाहा जमिनमा बन्ने अटोभिलेज सवारी मर्मतका बर्कसपहरु सारीने भएको हो।
बजार क्षेत्रमा छरीएर रहेका सवारी मर्मत केन्द्रलाई एकिकृत गर्दै सञ्चालनमा ल्याउन लागिएको अटो भिलेजको आइतबार हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामा शिलान्यास गरीन् ।
नगरका अटो ग्यारेजलाई नदि उकास जमिनमा स्थानान्तरण गर्ने उद्धेश्यले अटोभिलेज सञ्चालनको तयारी गरिएको बताइएको छ । वागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत वर्ष ५ करोड रुपियाँ बजेटमा तटबन्ध गरेपछि जग्गा निस्किएको हो । शिलान्यास गरिएको क्षेत्रको जग्गा फिलिङ गर्नका लागि उपहानगरपालिकाले पहिलो चरणमा १४ लाख ६ हजार रुपियाँ बिनियोजन गरेको छ । उपमहानगरले विनियोजन गरेको रकमबाट पहिलो चरणमा जमिन समस्याउने सहितको काम थालिएको हो ।
अटो भिजेजको शिलान्यास गर्दै उपमहानगरका प्रमुख मिनाकुमारी लामाले एकिकृत अटोभिलेज सञ्चालनका लागि उपमहानगर सहयोग र समन्वय गर्न तयार रहेको बताइन् । एकीकृत अटोभिलेजका नाममा सञ्चालन हुने स्थानमा व्यवसायीलाई आफूले चाहेको क्षेत्रफलको जग्गा लिजमा उपमहानगरले उपलब्ध गराउने उनले बताइन् । व्यवसायीले आफूलाई चाहेको डिजाइनको अस्थायी स्वरुपको टहरा निर्माण गरेर काम गर्न सकिने नगर प्रमुख लामाको भनाई थियो । अटो भिजेजमा चार्ज स्टेशन, थ्रि–वाइलर, फोर– वाइलर सवारी मर्मत केन्द्र, खेलमैदान, स्वास्थ्य चौकी, हेबी सवारी मर्मत, हेव इक्वमेन्ट मर्मत, पार्किङ र डम्पिङ साईड रहने अटो मोबाइल इञ्जिनियरिङ एसोसिएसनका अध्यक्ष आनन्दराम पौडेलले बताए ।
अटो मेकानिक्स तथा इञ्जिनियरिङ एसोसिएसनले २०५३ सालदेखि अटोभिलेजको आवाज उठाएको थियो । २०५३ असोज ८ गते जग्गा उपलब्ध गराइदिन नगरपालिकालाई आग्रह गरिएको थियो । तत्कालिन समयमा नगरपालिकाले जम्मा चार कठ्ठा जग्गा उपलब्ध गराउज भनेपछि नारायणी यातायात व्यवसायी संघले उपलब्ध गराएको जग्गाको क्षेत्रफल कम भएकाले प्रयोगमा ल्याउन नसकिएको अध्यक्ष पौडेलल बताए ।शिलान्यास भएको स्थलमा २ सय ५० अटो व्यवसायीले अपनत्व लिने क्षेत्रमा सबै प्रकारका इञ्जिनियरिङ वर्कसपका काम हुने एसोसिएसनले जनाएको छ । अटोभिलेज निर्माणपछि बजार क्षेत्रका तीनपांग्रे सवारीसाधनको वर्कसप सोही क्षेत्रमा ल्याउन पहल गरिन बताइएको छ ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















