सुनिल शिवाकोटी
१ फागुन,हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आफ्नो ५४ औं स्थापना दिवस मनाएको छ। सोमबार एक समारोहबीच बागमती प्रदेशका प्रमुख रामचन्द्र शर्माको प्रमुख आतिथ्यतामा उपमहानगरले आफ्नो स्थापना दिवस मनाएको हो।
त्यसैगरी स्थापना दिवस मनाउने क्रममा उपमहानगरपालिकाले पुर्व जनप्रतिनिधी देखि हेटौंडाको बिकासमा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका २३ जनालाई सम्मान समेत गरेको छ । कार्यक्रममा पुर्व मेयर हरीबहादुर महत, डोरमणी पौडेल र निरशंकर श्रेष्ठलाई सम्मान गरेको छ। त्यसैगरी नगरपालिकाको स्थापना देखि नगरको बिकास र जनमानस बिच नगरलाई पुर्याउन भूमिका निर्वाह गरेको भन्दै पत्रकारीता क्षेत्र तर्फ गोरखापत्र दैनिकका राममणी दाहाल, शिक्षा तर्फ डेण्टीजंग शाह, वाताबरण तर्फ श्यामप्रसाद श्रेष्ठ, खेलकुद तर्फ फुटबलकी पेमा डोल्मा लामा, सामाजिक क्षेत्र तर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्य तर्फ तुल्सी थापा, स्वास्थ्य तर्फ वेला तुलाधर बैध, धार्मिक तर्फ इश्वरी प्रसाद न्यौपाने, इतिहास खोजकर्ता तर्फ केदार प्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरेको हो।
त्यसैगरी हेटौंडा नगरपालिकाका सस्थापक नगरप्रमुख बासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ । उपमहानगरले २०२६ सालमा तत्कालिन नगरपञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरी जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ भने तत्कादिन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोप्रान्त सम्मान गरिएको छ।
त्यस्तै तत्कालिन उपप्रधानपञ्च तिलक प्रसाद दुलाल, शम्भुप्रसाद भट्टराईलाई सम्मान गरिएको छ। उपमहानगरले भिमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्वपुर्ण भूमिका खेलेको भन्दै तत्कालिन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापती ओमूटेम्पा लामालाई सम्मान गरिएको छ। सम्मानित सबैलाई कार्यक्रममा प्रमुख अतिथी प्रदेश प्रमुख शर्माले प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
स्थापना दिवस पारेर हेटौंडा उपमहानगरपालिकामा कार्यरत २५ बर्ष सेवा अवधि पुरा गरेका ३८ कर्मचारीलाई दिर्घसेवा पदक, नगद २५ हजार राशि सहित बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्य निष्ट र ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपियाँ सहित सम्मान गरिएको थियो ।
स्थापना दिवस पारेर हेटौंडा नगरपञ्चायतका पहिलो नगर प्रमुख स्वर्गिय बासुदेव रिजालको संगम चौकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्राङगढमा स्थानान्तरण गरी अनावरण गरीएको छ । स्थापना दिवसमा नगर घण्टको स्थापना, हेटौंडा दर्पण स्मारीकाको बिमोचन र डिजिटल सुचना पार्टी राखिएको छ ।
हेटौंडाकी मेयर मिना कुमारी लामाको सभाध्यक्षता सम्पन्न कार्यक्रममा उपमेयर राजेश बानियाँ, बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, बागमती प्रदेश सदस्य तथा कांग्रेस बागमतो प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, पुर्व नगर प्रमुख हरि बहादुर महत,जिल्ला समन्वय समिति प्रमुख ललित घलान,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई,मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे,सुरक्षा निकाय प्रमुख,वडा अध्यक्ष,कार्यपालिका सदस्य लागायताको सहभागीता रहेको थियो।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















