Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

५४ औं स्थापना दिवसमा हेटौंडा उपमहानगरद्वारा २३ जना सम्मानित

Hetauda-Nagarko-Samman-1676335181.jpg

२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा उपमहानगरलाई यो अवस्थासम्म ल्याउन योगदान पु¥याएका पूर्व जनप्रतिनिधिदेखि विभिन्न विधाका २३ जनालाई सम्मान गरेको छ । 
उपमहानगरको ५४ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा उपमहानगरका पहिलो मेयर हरिबहादुर महत, तत्कालीन हेटौंडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणि पौडेल र निरशंकर श्रेष्ठलाई सम्मान गरिएको छ । 
नगरपालिकाको स्थापनादेखि नगरको विकास लगायतका कार्यमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको बताइएको छ । हेटौंडा नगरपालिकाका संस्थापक नगर प्रमुख बासुदेव रिजाललाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । 
स्थापना दिवसमा नगरको विकासमा योगदान पु¥याएको भन्दै पत्रकारिता क्षेत्रतर्फ गोर्खापत्र दैनिकका राममणि दाहाल, शिक्षातर्फ डेण्टीजंग शाह, वातावरणतर्फ श्यामप्रसाद श्रेष्ठ, खेलकुदतर्फ फुटबलकी पेमाडोल्मा लामा, सामाजिक क्षेत्रतर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्यतर्फ तुल्सी थापा, स्वास्थ्यतर्फ वेला बैद्य, धार्मिकतर्फ इश्वरीप्रसाद न्यौपाने,  इतिहास खोजकर्तातर्फ केदारप्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरिएको छ । 
उपमहानगरले २०२६ सालमा तत्कालीन नगर पञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरि जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ । यस्तै तत्कालीन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोपरान्त सम्मान गरिएको छ । 
तत्कालीन उपप्रधानपञ्च तिलकप्रसाद दुलाल, शम्भुप्रसाद भट्टराई तथा भीमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै तत्कालीन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापति ओमूटेम्पा लामालाई सम्मान गरेको छ । 
स्थापना दिवसमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरकाका  मेयर मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मानपत्र हस्तान्तरण गरेका हुन् । 
स्थापना दिवसमा हेटांैडा उपमहानगरपालिकामा कार्यरत २५ बर्ष सेवा अवधि पूरा गरेका ३८ कर्मचारीलाई दीर्घसेवा पदक, नगद २५ हजार राशी प्रदान गरिएको थियो । बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्यनिष्ट तथा ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार