५ फागुन, हेटौंडा । बागमती प्रदेश नीति तथा योजना आयोगले शुक्रबार पुर्णता पाएको छ । बिहान् बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले दुईजना सदस्य थप गरे संगै आयोगले पुर्णता पाएको हो । बैठकले आयोगको सदस्यमा डाक्टर दिपेन्द्र श्रेष्ठ र डाक्टर जयन्त खनाललाई नियुक्त गरेको छ । यसअघि गएको माघ २४ गते आयोगको उपाध्यक्षमा ललितपुरका डा. होमनाथ चालिसेलाई नियुक्त गरिएको थियो ।
यस्तै बैठकले यसअघिको सरकारले जारी गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठान संचालन ऐन सम्बन्धी संशोधन अध्यादेशलाई निष्कृय पार्ने निर्णय गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्थानबाट हेटौंडा अस्पताल अलग गर्ने गरी जारी भएको उक्त अध्यादेशबाट प्रतिष्ठानको अस्तित्वमा समस्या देखिने भएकाले अध्यादेशलाई निष्कृय गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए ।
बैठकले प्रदेशमा खर्च कटौतीको प्रस्ताव पनि पारित गरेको मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता थपलियाले जानकारी दिए । गत माघ १० गतेको मन्त्रिपरिषद बैठकले प्रदेशमा सुशासन कायम गर्न भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा खर्च कटौतीका लागि अध्ययन कार्यदल गठन गरेको थियो ।
यस्तै बैठकले निजामती कर्मचारी सम्बन्धी कानून निर्माणका लागि २ वटा प्रतिस्थापन विद्येयकहरु प्रदेशसभा बैठकमा लैजाने निर्णय गरेको छ । प्रवक्ता थपलियाले बैठकबाट प्रदेश निजामती सेवाको गठन संचालन र सेवा सम्बन्धी प्रतिस्थापन विद्येयक र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धी प्रतिस्थापन विद्येयक संसदमा लैजाने निर्णय गरेको जानकारी दिए ।
ती अध्यादेशलाई प्रतिस्थापन विद्येयक ल्याएर कानूनी मान्यता दिन पर्ने भएकाले मन्त्रिपरिषद बैठकले निर्णय गरेको प्रवक्ता थपलियाले बताए । मन्त्रिपरिषद बैठकले संसदमा लैजाने निर्णय गरेको ती प्रतिस्थापन विद्येयकहरु संसदीय समितिमा छलफल भइ फागुन १८ गतेभित्र पास गरी प्रमाणिकरण समेत गर्नुपर्नेछ ।
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















