५ फागुन, हेटौडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्टले सालक किसान र मानवको साथी भएको सुनाएका छन् ।
अन्तराष्ट्रिय सालक दिवसको अवसरमा डिभिजन वन कार्यालय, मकवानपुर र राप्तीले संयुक्तरुपमा शुक्रवार मनहरीमा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री विष्टले सालक मानवको साथी भएकोले यसको संरक्षणमा सबै क्षेत्र लाग्नु पर्ने बताएका छन्। आफू सामुदायिक वनको नेतृत्वमा रहदा यसको संरक्षण र जनचेनतामुलक काम गरेको स्मरण गर्दै मन्त्री विष्टले मन्त्रालयले सालकको संरक्षणमा सदैव सहयोग गर्ने बताए ।
कार्यक्रममा बागतमी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले मन्त्रालयले सालक संरक्षणको लागि यस आवमा ५ करोड रकम विनियोजित गरेको बताए ।नेपालमा सालक संरक्षणको अभियान २०३० सालदेखि शुरु भएको भएतापनि अहिले यसको सार्थकता बढेकोमा खुशी ब्यक्त गरेका थिए।
कार्यक्रममा वन तथा भू–संरक्षण विभागका महानिर्देशक देवोष्मणी त्रिपाटी, जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष रंजन कालाखेती, मनहरी उपाध्यक्ष सीता पुलामी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संरक्षणकर्मी तुलसी लक्ष्मी सुवाल, डिभिजन वन कार्यालय, राप्तीका शम्भु तामाङ लगायतकाले सालकको वारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा सामुदायिक वन र विद्यालयका विधार्थीहरुले सालक सम्वन्धि जनचेतनामुलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए। मकवानपुरमा हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनले २०६१ सालदेखि सालकको संरक्षण गर्दै आएको छ । हाल समूहको क्षेत्रभित्र करिव ५० वटा सालक रहेको अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।घाईते सालकको उद्धार गर्न समूहले ब्लक नं. ५ मा सालक केज समेत निर्माण गरेको छ । अत्यन्त लज्जालु हुने यो सालकको बासस्थान र यसको आहारमा वृद्धि गर्न सके मकवानपुर जिल्लालाई सालकको गौरबको जिल्ला घोषणा गर्न सकिने संरक्षणकर्मीहरु बताउछन ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सालक पक्रने शिकार गर्ने खपटाको ब्यापार गर्ने ओसारपसरा गर्नेलाई १ लाख देखि ५ लाख सम्म जरीवाना वा १ वर्ष देखि १० वर्षसम्म कैद वा दुबै सजाय हुने कानूनी ब्यवस्था छ ।विश्वमा ८ प्रजातीका सालक पाईन्छ भने नेपालमा कालो र तामे गरि २ प्रकारका सालक पाईन्छ । कार्यक्रम डिभिजन वन कार्यालय, राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यको सभाध्यक्षतामा भएको थियो।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















