८ फागुन, हेटौंडा । अन्तराष्ट्रिय सालक दिवसको अवसरमा मनहरी–१ चकरी रहेको चेतना मध्यवर्ती सामुदायिक वनको सभाहलमा सालक संरक्षण सम्वन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।
सालक संरक्षण सम्वन्धि काम गर्दै आएको हिमालयन नेचरको आयोजनामा सालक संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा हिमालयन नेचरका परियोजना अधिकृत प्रदिप सेढाईले सालक संरक्षणका चुनौती, बर्तमान अवस्था, संरक्षणको लागि भविष्यमा गर्नु पर्ने काम, यसको फाईदा, विद्यमान कानुनी ब्यवस्था, हिमालयन नेचरले गरिरहेका कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका सहभागिहरुले सालक किसानको साथी भएको र यसको संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । सालकको बारेमा जनचेतनामुलक कार्यक्रम सञ्चालन, विद्यालय सतरीय सचेतना कार्यक्रम लगायतका कार्य गर्नु पर्ने लगायतका विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शिव प्रसाद खनालले सालक संरक्षणमा वडा कार्यालयले सहयोग गर्ने बताए ।
पर्सा राष्ट्रिय निकुञ्जका सिनियर गेम स्काउट राधाकृष्ण चौधरी, ग्रीनहुड नेपालकी सावित्री राई, लोकहित मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर मुक्तान, जनहित मध्यवर्ती सामुदायिक वनका अध्यक्ष रविन थोकर, चेतना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बंशी गोपाल कँडेल लगायतकाले सालक संरक्षण गर्ने कार्यमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता, संरक्षणकर्मी समेत गरि ३४ जनाको सहभागिता रहेको थियो । हिमालयन नेचरले चेतना मध्यवर्ती सामुदायिक वनमा विगत १ वर्षदेखि सालक संरक्षण सम्वन्धि विभिन्न कार्यहरु गर्दै आएको छ ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















