Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा हात्ति आतंक रोक्न निकुन्जमार्फत बानियाँको पहल

Screenshot_20230221_14475-1676970327.jpg

९ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मनहरी क्षेत्रमा जंगली हात्ति आतंक रोक्न पर्सा राष्ट्रिय निकुन्जमार्फत पहल गरेका छन् । नेता बानियाँले निकुन्जमार्फत प्राविधिक टोली परिचालन गरी जंगली हात्तिको आतंक रोक्न पहल गरेका हुन् ।
मनहरी–४ मा जंगली हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु हुनु दुखद भएको भन्दै त्यस क्षेत्रमा जनधनको क्षति हुनबाट रोक्न अविलम्ब सुरक्षाकर्मीसहित प्राविधिक टोली परिचालन गर्न निकुन्जका वार्डेन अशोककुमार राममार्फत पहल गरेका छन् । उनले हात्ति अझै पनि त्यस क्षेत्रमै रहेकाले असुरक्षा बढेको भन्दै हात्तिलाई अन्यत्र लैजान र आगामी दिनमा जंगली हात्ति नआउने व्यवस्थाका लागि आवश्यक कार्य अघि बढाउन सुझाव दिएका छन् । बानियाँले मृतकका परिवारलाई उचित राहत र त्यस क्षेत्रमा भौतिक संरचना र बालिनालीमा भएको क्षतिको तथ्यांक संकलन गरी क्षतिपूर्ति उपलव्ध गराउन आग्रह गरेका छन् । बानियाँले मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलाई समेत हात्ति प्राभावित क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभुति, राहत र क्षतिपूर्तिका लागि स्थानीय प्रशासन र निकुन्जसंग समन्वय गर्न सुझाव दिएका छन् ।
त्यस क्षेत्रका प्रदेशसभा सदस्य समेत रहेका बानियाँसंगको टेलिफोन कुराकानीमा निकुन्जका वार्डेन रामले निकुन्जका प्राविधिक र सुरक्षाकर्मीको टोली परिचालन गर्ने र थप क्षति हुनबाट रोक्न आफुले काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले हात्तिलाई त्यस क्षेत्रबाट अन्यत्र धपाउने र स्थानीय जनप्रतिनिधि र नागरिक समाजसंगको समन्वयमा राहत, क्षतिपूर्ति र सुरक्षाको काम गरिने बताए ।
सोमबार बिहान जंगली हात्तिको आक्रमणबाट घाइते भएकी मनहरी–४ मसिनेकी ६४ बर्षीया राधा अधिकारीको साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार