१० फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताबाट मकवानपुर गोल्डकपले आज नयाँ विजेता पाउँने भएको छ । पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलको फाइनल खेल आज हुँदै छ ।
आज दिउँसो ३ बजे हुने फाइनल भिडन्तमा नेपालका चर्चित ‘ए’ डिभिजन क्लव मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पा एकआपसमा भिड्दै छन् । मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
यी दुबै टोली गोल्डकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन् । २०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लवले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको हो ।
२०७६ मा प्रतियोगिताको उपाधि घरेलु टिम मकवानपुर ११ ले जितेको थियो भने ०७७ र ०७८ को उपाधि लगातार विभागीय टोली त्रिभुवन आर्मी क्लवले जितेको थियो ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट बाइक) र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
हिमालयन र मनाङ दुबै टिमको उपाधि जित्ने दावी
यसैबीच मनाङ मस्र्याङदी र हिमालयन शेर्पा दुबै क्बले बागमती प्रदेशको राजधानी हेटौंडामा जारी पाँचौ संस्करणको सहित स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने दावी गरेका छन् ।
फाइनल खेलको अघिल्लो दिन मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टिमका कप्तान तथा प्रशिक्षक र म्यानेजरले उपाधि जित्ने दावी गरेका हुन् ।
कन्फ्रेन्समा बोल्दै मनाङका म्यानेजर शिव लामाले अहिलेको युवा टिमलाई पछिसम्मको लागी तयार गरिरहेको भन्दै पहिलोपटक नेपालमा खेलिरहेका विदेशी खेलाडीहरुले पनि सोचेभन्दा राम्रो खेलिरहेकोले उपाधि जित्ने दावी गरे । यस्तै मनाङका कप्तान दीप कार्कीले फाइनलमा थप सुधारिएको खेल खेल्ने बताउँदै उपाधि जित्ने दावी गरे ।
यता अर्को प्रतिस्पर्धी टिम हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम राम्रो रहेकाले उपाधि जित्ने दावी गरे । उनले शारिरीक रुपमा र अनुभवमा निकै बलियो क्यामरुनी टिम एभिनियरलाई हराएर फाइनल यात्रा तय गरेको स्मरण गराउँदै आफुहरुसँग मनोबल पनि उच्च रहेको बताए ।
शेर्पाका कप्तान विश्वास श्रेष्ठले आफुहरु तीनवटा म्याच जितेर फाइनल सम्म आइपुगेको स्मरण गराउँदै क्यामरुनी टिमलाई हराउँदा टिमका खेलाडीहरु थप उत्साहित रहेको उनले बताए ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















