Email :- prastakhabar@gmail.com
राजनीति

मेची–काली साइकलयात्री हेटौंडामा

Cycile-1677112295.jpg

११ फागुन, हेटौंडा । हिमालयन राइडर्स सोसाईटीका सदस्य कीर्तन गोपाली र राजीव ठाकुर मेचीदेखि साइकल यात्रा गरी हेटौंडा आइपुगेका छन् । 
उनीहरुलाई सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव राजु थापालगायतका पदाधिकारीहरुले हेटौंडामा बुधबार स्वागत गरेका थिए ।
गोपाली थाहा नगर निवासी हुन् भने ठाकुर हेटौंडा–४ कर्रा निवासी हुन् । गत फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर झापाको काँकडभिट्टटाबाट साइकलयात्रा सुरु गरेका गोपाली र ठाकुर तेस्रो दिनको साँझ हेटौंडा आइपुगेका हुन् ।
वातावरण जोगाएर सम्पूर्ण प्राणी जगतको रक्षा गर्ने मूल नारा सहित साइकलयात्रा सुरु गरेका थिए । स्वास्थ्यका लागि साइकल, पर्यावरणका लागि साइकल, पर्यटनका लागि साइकल भन्ने नारा उनीहरुले बोकेका छन् । 
सहरी क्षेत्रमा दैनिक कामकाजका लागि पनि साइकल नै प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यले मेची–काली साइकलयात्रा सुरु गरेको उनीहरुले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार