Email :- prastakhabar@gmail.com
राजनीति

बागमतीका यातायात मन्त्री श्रेष्ठद्वारा आफ्नो कार्ययोजना सार्वजनिक

Screenshot_20230223_18034-1677154821.jpg

११ फाल्गुन, हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले आफ्ना कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले कार्ययोजनाबारे सार्वजनिक गरेका हुन् ।
उनले श्रम सम्बद्ध समस्याहरु, श्रमिकका मुद्दाहरु, श्रमिकका पेशागत हक अधिकार सुनिश्चित गर्ने, हाल सम्म समेट्न नसकिएका श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, प्रदेश सरकारले आवश्यकता अनुसार श्रम कार्यालयहरु स्थापनका लागि अध्ययन गर्ने, हाल प्रदेशको ८ जिल्लाको ३२ स्थानीय तहको सहभागितामा आप्रवासी सुचना केन्द्र संचालनमा रहेकोमा यसलाई विस्तार गरिने, प्रदेश भित्रका १० हजार यूवाहरुलाई सिप विकास तथा व्यवसायिक तालिम प्रदान गरि रोजगारीका अवसरहरु सुनिश्चित गर्ने बताए । उनले  रसुवा, दोलखा, सिन्धुपालचोक र काभ्रेपलान्चोकका सेवाग्राहीलाई केन्दित गरी दोलखा वा सिन्धुपालचोकमा सवारी चालक अनुमतिपत्र र सवारी दर्ता र नियमनसंग सम्बन्धित कार्यक्षेत्र हेर्ने गरी एक कार्यालयको स्थापनको लागि पहल गर्ने, सवारी चालक अनुमतिपत्र प्रदान गर्ने प्रकृयालाई थप सरलीकरण गर्ने ,सहज र प्रविधियुक्त बनाउने लगायतका योजना रहेको जानकारी दिए । 
मन्त्री श्रेष्ठको योजनामा हाल एकान्तकुना ललितपुर बाहेक सबै यातायात व्यवस्था कार्यालयहरु भाडाको भवनमा संचालनमा रहेको र त्यसले संचालन खर्च बढाएको र सेवा संचालनमा कठिनाई भइरहेकोले चालु आव भित्रै जग्गाको व्यवस्थापन गरि कम्तीमा काठमाडौं, हेटौडा र भरतपुरमा कार्यालयको आफनै भवन निर्माणको प्रकृया अगाडी बढाइनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
rain-1024x5381677408810-1685838594.jpg

२१ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...

हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

थप समाचार