सुनिल शिवाकोटी
१२ फागुन,हेटौंडा । झापाबाट आएका र पर्सा राष्ट्रिय निकुञ्ज मकवानपुरको मानव बस्तिमा प्रवेश गरेको वन(जंगली) हात्तीले यतिबेला ताण्डव मच्चाइरहेको छ।आइतबार देखी जंगल छोडेर मकवानपुरको बस्ति पसेको सो हात्तीले आइतबार बाट शुक्रबारबाट मकवानपुरका दुई जनाको ज्यान लिइसकेको छ।
सोमबार बिहान मकवानपुरको मनहरी-४ मसिनेकी ६४ बर्षीया राधा अधिकारीलाई आक्रमण गर्यो। करेसा बारीमा काम गरिरहेकी अधिकारीलाई बस्ति पसेको सो हात्ती गम्भीर घाइते नै बनायो। उनले उपचारको क्रममा सोमबार साँझ चितवन पुरानो मेडिकल कलेजमा ज्यान गुमाइन् । स्थानीय महिलाको अकालमा ज्यान नै गएपछि मनहरी वडा नम्बर-४ र स्थानीयले हात्ती धपाउन कुनै पहल र प्रयास नगरेको भनेर मकवानपुरको मनहरी-३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड गरे।आक्रोशित स्थानीयले सेनाले सुरक्षा गस्तिका लागी प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको थियो ।
त्यसको १ दिनपछि सोही हात्ती हेटौंडा-१३ मा देखा पर्यो भने त्यसको एक दिनपछि बुधबार साँझ सोही हात्ती हेटौंडा-१८ फुर्केचौरमा देखा पर्यो। मुख्य राजमार्गमा देखा परेको सो हात्तीको आक्रमणको डरले यात्रु र स्थानीय त्रसित भने, सोही क्षेत्रमा रहेको हात्तीले बुधबार रातिनै हेटौंडा-१८ मानेडाँडाका ३० बर्षीय देव वाईवालाई आक्रमण गर्यो र यतीबेला वाईबा हेटौंडा अस्पतालमा उपचार गराइरहेका छन्।
घटना र हात्तीबाट हुने घटनाका बारेमा जनप्रतिनिधी र स्थानीयले त्यसको बारेमा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित निकायलाई जानकारी गराए। जानकारी गराएको २४ घण्टा नबित्दै बिहीबार राति सोही हात्तीले मकवानपुरको बकैया-५ पावसमा ३० बर्षीय एक पुरुषको ज्यान लियो। गोठमा बाख्र र पाठापाठीलाई दुध खुवाउन पुगेका स्थानीय सन्तलाल माझीलाई आक्रमण गर्यो र उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भयो।
यसरी जंगली हात्तीको आक्रमणबाट मकवानपुरमा यस ५ दिनमा दुईजनाले अकलमा ज्यान गुमाएका छन् भने एक जना घाइते रहेका छन्। यस बिषयमा बुझ्दा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे हात्ती नियन्त्रणमा लिन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयसँग आवश्यक समन्वय गरेको बताए। उनले नियन्त्रणमा लिन प्रयास गरिरहेको अवस्थामा दुईजानको ज्यान जानु दुखद भएको बताउदै छिट्टै नियन्त्रण लिने प्रष्ट खबरलाई बताए।
"जङ्गली हात्ती त्यस माथी मात्तिएको अवस्थामा छ, दिउँसको समयमा देखिँदैन राती मानव वस्ती तर्फ आउछ,हामी नियन्त्रणमा लिन लागिरहेका छौ,अबको दिनमा यस्तो मानवीय क्षती रोक्ने प्रयासमा छौ-प्रजिअ पाण्डेले भने।हात्तीको दिन प्रतिदिनको ताण्डवले वन नजिकै रहेका बस्तिका बासिन्दा त्रसित छन्। उनीहरुले स्थानीय प्रशासन र सम्बन्धित निकायले छिटो भन्दा छिटो हात्ती नियन्त्रणमा लिनुपर्ने बताएका छन्।
२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...
२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...
२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...
२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
२० जेठ, हेटौंडा । भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्युु हुनेको संख्या दुई सय ८८ पुगेको छ । ओडिसाको...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...