Email :- prastakhabar@gmail.com
राजनीति

हेटौंडा ७ नम्बर वडा कार्यालयको सेवा नयाँ भवनबाट

FB_IMG_1677239427805-1677239592.jpg

१२ फागुन,हेटौंडा। हेटौंडा वडा नम्बर ७ को कार्यालयले आफ्नो सेवा नायँ कार्यालयबाट प्रदान गरेको छ। शुक्रबार बिहान नव निर्मित वडा कार्यालयको भवनको हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गरेकी हुन।

५१ लाख ६७ हजार लागत भएको उक्त भवन श्री सर्वेश्वर निर्माण प्रा लिले निर्माण गरेको हो। २०७२ सालको भुकम्प परेर तत्कालीन वडा कार्यालय भत्किएपछि हेटौंडा उपमहानगरपालिकाको लगानीमा करिब १६ महिना लगाएर निर्माण भएको ५ कोठे पक्की  नयँ भवन निर्माण सुरु गरिएको थियो।

भवनको उद्घाटन गर्दै नगर प्रमुख लामाले जनतालाई सेवा दिनका लागि बनेको नयाँ भवन बाट चुस्त दुरुस्त काम गर्न सुझाब दिइन् । जनताले दिएको मतबाटै वडा र नगरको नेर्तत्वमा पुगेको महशुष गर्दै शासन होइन सेवकको रुपमा काम गर्न आवश्यक रहेको बताइन् । अहिले उपमहानगरका सबै जनप्रतिनिधी सेवकको रुपमा काममा लागेको बताइन्। 

भवनको उद्घाटन कार्यक्रमका विशिष्ट अतिथी उपमहानगरमा उपप्रमुख राजेश बानियाँले राम्रो भवन भन्दा पनि जनताको काम प्रति जिम्मेवार बन्न आवश्यक रहेको बताए ।  हेटौंडा उपमहानगरपालिका ७ का अध्यक्ष दामोदर गौतमको अध्यक्षतामा भएको वडाकार्यालय उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत शिबराज चौंलागाई, हेटौंडा ३ का अध्यक्ष ढलकबहादुर थापा, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, ८ का अध्यक्ष रामकृष्ण थापा, १३ का अध्यक्ष पेम्बा लामा लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
rain-1024x5381677408810-1685838594.jpg

२१ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...

हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

थप समाचार