Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विद्यालयमा सीसी क्यामेरा राख्न ज्ञापनपत्र

MM-(1)-1677285796.jpg

१३ फागुन, हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले शिक्षा, स्वास्थ्य, यातायात, कृषि जस्ता क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि मनहरी गाउँपालिका लाई ज्ञापनपत्र बुझाएको छ । 
स्थानीय तह मामानव अधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठकमा समूहकी संयोजक बिमला गोपालीले गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरलाई ज्ञापनपत्र बुझाएकी हुन् ।
मनहरी गाउँपालिका –९ रजैयामा शुक्रबार आयोजित कार्यक्रममा किसानलाई समयमै मल, बीउ बिजन समयमै वडा कार्यालय बाटै उपलब्ध गराउने ब्यवस्था गर्न माग गरिएको छ । 
राजमार्गमा हुने दुर्घटना समयमै पहिचान गर्न दोहोरो अभिलेख राख्ने ब्यवस्था गर्न, राजमार्गमा यात्रुहरुले खुला दिसा गरिरहेकोले सो कार्य रोक्नका लागि उपयुक्त स्थानमा सौचालय निर्माण गर्न माग गरिएको छ । 
माध्यमिक तहका विद्यालयमा अध्ययन गर्ने छात्रहरु दुब्र्यसनमा लागेको भन्दै रोकथामका लागि सबै माविको कक्षा कोठामा सीसी क्यामेरा राखी निगरानी गर्न पनि माग गरिएको छ । त्यस्तै नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको औषधिको जानकारी दिनका लागि नागरिक बडापत्र राख्नपनि माग गरिएको छ । 
त्यसैगरी जंगली जनावरका कारण मानबीय क्षती बढ्दै गएकोले सो नियन्त्रणका लागि आवश्यक स्थानहरुमा विद्युतीय झड्काको ब्यवस्था गर्न पहलगर्न माग गरिएको छ । कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले पालिकाको तहबाट गर्न सकिने काम तत्काल गरिने र राजमार्गको समस्या सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारी, ८ का वडाध्यक्ष नारायण उप्रेती, ७ का कार्यवाहक वडाध्यक्ष नवराज सुबेदी, गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्तआचार्य, मानवअधिकार समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार