Email :- prastakhabar@gmail.com
राजनीति

विद्यालयमा सीसी क्यामेरा राख्न ज्ञापनपत्र

MM-(1)-1677285796.jpg

१३ फागुन, हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले शिक्षा, स्वास्थ्य, यातायात, कृषि जस्ता क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि मनहरी गाउँपालिका लाई ज्ञापनपत्र बुझाएको छ । 
स्थानीय तह मामानव अधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठकमा समूहकी संयोजक बिमला गोपालीले गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरलाई ज्ञापनपत्र बुझाएकी हुन् ।
मनहरी गाउँपालिका –९ रजैयामा शुक्रबार आयोजित कार्यक्रममा किसानलाई समयमै मल, बीउ बिजन समयमै वडा कार्यालय बाटै उपलब्ध गराउने ब्यवस्था गर्न माग गरिएको छ । 
राजमार्गमा हुने दुर्घटना समयमै पहिचान गर्न दोहोरो अभिलेख राख्ने ब्यवस्था गर्न, राजमार्गमा यात्रुहरुले खुला दिसा गरिरहेकोले सो कार्य रोक्नका लागि उपयुक्त स्थानमा सौचालय निर्माण गर्न माग गरिएको छ । 
माध्यमिक तहका विद्यालयमा अध्ययन गर्ने छात्रहरु दुब्र्यसनमा लागेको भन्दै रोकथामका लागि सबै माविको कक्षा कोठामा सीसी क्यामेरा राखी निगरानी गर्न पनि माग गरिएको छ । त्यस्तै नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको औषधिको जानकारी दिनका लागि नागरिक बडापत्र राख्नपनि माग गरिएको छ । 
त्यसैगरी जंगली जनावरका कारण मानबीय क्षती बढ्दै गएकोले सो नियन्त्रणका लागि आवश्यक स्थानहरुमा विद्युतीय झड्काको ब्यवस्था गर्न पहलगर्न माग गरिएको छ । कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले पालिकाको तहबाट गर्न सकिने काम तत्काल गरिने र राजमार्गको समस्या सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारी, ८ का वडाध्यक्ष नारायण उप्रेती, ७ का कार्यवाहक वडाध्यक्ष नवराज सुबेदी, गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्तआचार्य, मानवअधिकार समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
rain-1024x5381677408810-1685838594.jpg

२१ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...

हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

थप समाचार