१३ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको विपि स्मृति भवनसँगै विपि वाचनालय तथा विपि संग्राहलयको नयाँ भवन बन्ने भएको छ ।
भवनको शनिवार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, पूर्वसभापतिहरु रामचन्द्र अर्याल माइकल, रघुरमण न्यौपाने, पूर्व कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछाने लगाएतले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
बागमती प्रदेश सरकारको तत्कालिन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आर्थिक बर्ष ०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भवन निर्माण हुने भएको हो । २०८० जेष्ठ अन्तिममा निर्माण सम्पन्न हुने भवनलाई नेपाली कांग्रेसका संस्थापक नेता विपीको संग्राहलय र विपि वाचनालयका रुपमा विकास गरिने जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए । उनले विपिका बारेमा अध्ययन गर्न र जान्न चाहनेहरुका लागी सहयोगी हुने विश्वास व्यक्त गरे ।
विपि संग्राहलय पूर्वाधार विकास निर्माण उपभोक्ता समितिका संयोजक प्रभात दाहालले प्रदेश सरकारबाट प्राप्त हुने ४० लाखबाट तत्काल एक तले भवन निर्माण हुने जानकारी दिए । उनले तीन तलासम्म निर्माण हुने भवनका लागी तत्कालै हेटौंडा उपमहानगरपालिकाले थप एक तलाका लागी १५ लाख रुपैयाँ उपलब्ध गराउँने निर्णय भएको पनि बताए ।
भवन शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव भिमसेन महत, सह–सचिव इन्दिरा न्यौपाने, प्रवक्ता अर्जुन चौलागाई, संघिय सभापतिद्वय दामोदर खनाल र लोक मोक्तान, प्रदेश सभापतिहरु सुशान्त श्रेष्ठ, खड्ग गोपाली, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगाएत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















