१४ फागुन, हेटौंडा । बागतमी प्रदेशसभाको अध्यादेशको विद्येयक माथिको विवाद सुल्झाउन विशेष समिति गठन गरिएको छ । प्रदेशसभाको शनिबार साँझ बसेको बैठकले अध्यादेशको प्रतिस्थापन विद्येयकको विवाद सुल्झाउन विद्येयक व्यवस्थापन विशेष समिति गठन गरेको हो ।
प्रदेशसभाको उक्त बैठकले विद्येयक व्यवस्थापन विशेष समिति गठन गरीयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत रुपमा पास गरेको थियो । दलहरुबीच दुई वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियाका बारेमा विवाद बढेपछि सभामुख भुवन कुमार पाठकको पहलमा सो समिति गठन गरिएको हो ।
समितिको समय अवधि आगामी फागुन १८ गतेसम्म रहेको छ । उक्त अवधिमा सो समितिले संविद्यानको धारा २०२ अनुसार सरकारले जारी गरेको कर्मचारी सम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विद्येयकको दफावार र संशोधन प्रस्ताव छलफल गरी प्रदेशसभा बैठकमा प्रतिवेदन बुझाउनु पर्नेछ ।
समितिमा कांग्रेसबाट कुन्दनराज काफ्ले, छिरिङ दोर्जे लामा, रामकृष्ण चित्रकार, एमालेबाट जयराम थापा, दिनेश चन्द्र देशवकोटा, प्रकाश श्रेष्ठ, माओवादी केन्द्रबाट रत्न प्रसाद ढकाल, राधिका तामाङ, एकीकृत समाजवादी पार्टीबाट बसन्त मान्धर, मधुसुदन पोडेल, हाम्रो नेपाली पार्टीाट शैलेन्द्रमान बज्रचार्य, राप्रपाबाट आशा लामा, उद्धव थापा, नेमकीपाबाट सुरेन्द्रराज गोर्साइ र सृजना सायजु सदस्य रहेका छन् ।
समितिले सदस्यहरु भित्रैबाट संयोजक तोक्ने र स्वयमले कार्यविधी निर्माण गर्न सक्ने अधिकार दिइएको छ । आवश्यकताको आधारमा समितिले विज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।
गत पुस १८ गते संसदमा पेश भएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई गत माघ ३ गतेको प्रदेशसभा बैठकले स्विकृत गरेको थियो ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















