Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बालमैत्री घोषणा गर्न नगर र वडा सहजकर्तालाई तालिम

ddd-1677410815.jpg

१४ फागुन, हेटौंडा । बालमैत्री पालिका घोषणाको तयारीमा जुटेको हेटौंडा उपमहानगरपालिकाले नगर र बिभिन्न वडाहरुका सहजाकर्ता तथा वडाका सम्पर्क व्यक्तीका लागि तालिम सञ्चालन गरेको छ । 
२०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १ नगर र १९ वडाका २० जना सहजकर्ता सहित सम्पर्क व्यक्तीहरुलाई वालमैत्री स्थानिय शासन सम्बन्धी क्षमता बिकास तालिम दिन सुरु गरेको हो । उपमहानगरले हाललाई असार मसन्तसम्मका लागि नियुक्त गरेको सहजकर्ता टोलीलाई तालिमसँगै काममा परिचालन गर्ने भएको छ ।
तालिमका क्रममा सजकर्ताहरुलाई नगरका बिभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिकाको तथ्याङक संकलनका क्रममा गर्ने समन्वय तथा सहजिकरणका बिषयमा जानकारी गराइने उपमहानगरका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् । 
तालिममा हेटौंडा उपमहानगरका प्रमुख तथा वालमैत्री स्थानिय शासन नगर समन्वय समितिका संयोजक मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी दृढताका साथ पुरा गर्न निर्देशन दिइन् । उपमहानगरले दिएको जिम्मेवारीलाई गम्भिर रुपमा लिर्दै समाजरुपान्तरणको काममा सक्रियताका साथ लाग्नु पर्ने बताइन् । 
उनले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको विकासमा सहयोग पु¥याउने जोड दिइन् । उनले कामको गर्ने क्रममा समाजसँगै जोडिनका लागि जनप्रतिनिधीको आवश्यकता रहने भएकाले उनिहरुको सल्लाह सुझाब अनुसार काम गर्न सुझाब दिइन् । जनताबाट अनुमोदित भएको जनप्रतिनिधीलाई अटेर गर्ने काम नगर्न उनको भनाई थियो । 
उपमहानगरमा जागिर खुवाउन सहयोग गरेको भन्दै आउँनेको कुरा नसुनि आफ्नै क्षमताले छनौंट भई काममा लागेको बुझ्न आग्रह गर्दै परनिर्भर होइन आत्मनिर्भर भएर काममा लाग्न नगर प्रमुख लामाले जोड दिइन् । चार दिन सम्म सञ्चालन हुने तालिममा वालमैत्री शासनका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चौरेल प्रशिक्षक रहेका छन् ।
उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको छ । सरकारले २०८७ सम्म नेपालललाई बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य कार्यान्वयनका लागि उपमहानगरले अभियान सञ्चालन गरेको हो । कार्यक्रममा १९ वटै वडाका निर्वाचित सदस्यहरु वडा सम्पर्क व्यक्तीका रुपमा तोकिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार