Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जंगली हात्ती पीडितलाई राहतको निर्णय गरेकोमा बानियाँद्वारा धन्यवाद

घाइतेको उपचार, भौतिक संरचना र अन्नपातको क्षतिपूर्ति उपलब्ध गराउन आग्रह

Screenshot_20230228_20393-1677596280.jpg

१६ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले हात्तीबाट मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । प्रदेशसभा सदस्य बानियाँले सामाजिक सञ्जालमार्फत राहत दिने निर्णय गरेकोमा धन्यवाद दिएका हुन् ।
उनले आफुले बागमती प्रदेशसभा बैठकमा गराएको ध्यानाकर्षणको सम्बोधन भएको बताएका छन् । उनले हात्तीको आक्रमणबाट घाइते भएकाको उपचार र क्षति भएको भौतिक संरचना र अन्नपातको क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन् । उनले निकञ्ज कार्यालयबाट उपलव्ध हुनुपर्ने राहत रकम यथाशिघ्र उपलब्ध गराउन र आगामी दिनमा यस्ता घटना नहुने अवस्थाका लागि कार्य अघि बढाउन सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।
आफुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग प्रदेश सरकारले पनि हात्तिको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरेकोमा मन्त्रीपरिषद बैठकले यसबारे निर्णय गरेकोमा धन्यवाद दिए । सरकार सधैं नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा प्रदेश सरकारले यसतर्फ काम गरेको बताउँदै जंगली जनावरका कारण निकुञ्जको सिमावर्ति क्षेत्रका बासिन्दामाथि हुने जोखिम न्यूनीकरणका लागि ठोस कार्य गर्न सरकार तत्पर हुनुपर्ने उनको भनाई छ ।
सांसद बानियाँले हात्तीको आक्रमणबाट मृत्युु भएकाको परिवारलाई राहत र नागरिक सुरक्षाका लागि प्रदेशसभा बैठकमा केही दिन अघि सरकारको ध्यानाकर्षण गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार