Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अनुसन्धानमा ढिलाई भएको चौकीटोल सवारी दुर्घटनाका पीडितको गुनासो

अनुसन्धानमा आशंका नगर्न प्रहरीको अनुरोध

Screenshot_20230310_16194-1678444517.jpg

२६ फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको आफन्तले गुनासो गरेका छन् ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मृतकका भाइ दीपक र भतिज रोशन सापकोटाले घटनाको अनुसन्धानमा ढिलाई भएको गुनासो गरेका हुन् । उनीहरूले घटना भएको एक साता हुन लाग्दा समेत अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै प्रहरीको कार्यशैलीमाथि आशंका गरेका छन् । उनीहरूले प्रहरीले घटना गराउने सवारी र चालक नियन्त्रणमा लिएको जनाए पनि अझै पुष्टि गर्न नसक्दा अनुसन्धानमा चलखेलको आशंका गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरूले प्रमाण नष्ट हुन सक्ने, घटनामा संलग्न व्यक्ति फेरबदल भएको हुन सक्ने, प्रहरी दवाब र प्रभावमा पर्न सक्ने भन्दै निष्पक्ष छानविनका लागि सहयोगको आग्रह गरेका छन् ।
यता, मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले घटनाको अनुसन्धान भईरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पीडित, संचारकर्मी, नागरिक समाज र सरोकारवालाहरूसंगको छलफलमा पीडित पक्ष र सरोकारवालाहरूले राखेको चासोलाई सकारात्मक लिएको भन्दै निष्पक्ष अनुसन्धान हुने बताए ।  एउटा स्कार्पीयो र त्यसका चालक नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरिएको बताउँदै विभिन्न व्यक्तिसंग बयान लिने, सिसीटिभि फुटेज संकलन र विश्लेषण गर्ने, कल डिटेल झिकाउने, पोलिग्राफ परीक्षणका लागि प्रक्रिया अघि बढाउने जस्ता अनुसन्धानका प्रक्रिया भईरहेकोले अनुसन्धानमा आशंका नगर्न उनले अनुरोध गरे । अनुसन्धानको दायरालाई फराकिलो बनाई सबै ढंगबाट विश्लेषण हुने भएकाले घटनामा संलग्न दोषिमाथि कारवाही हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकीटोल तिरतिरेधारा नजिक फागुन २० गते हेटौंडा आउदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौडा-६ का अन्दाजी कृष्ण प्रसाद सापकोटाको मृत्यु भएको थियो । घटना लगतै ठक्कर दिने सवारी फरार भएको थियो । पछि प्रहरीले सिसिटिभि फुटेजका आधारमा सवारी नियन्त्रणमा लिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

थप समाचार