Email :- prastakhabar@gmail.com
समाज

अनुसन्धानमा ढिलाई भएको चौकीटोल सवारी दुर्घटनाका पीडितको गुनासो

अनुसन्धानमा आशंका नगर्न प्रहरीको अनुरोध

Screenshot_20230310_16194-1678444517.jpg

२६ फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको आफन्तले गुनासो गरेका छन् ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मृतकका भाइ दीपक र भतिज रोशन सापकोटाले घटनाको अनुसन्धानमा ढिलाई भएको गुनासो गरेका हुन् । उनीहरूले घटना भएको एक साता हुन लाग्दा समेत अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै प्रहरीको कार्यशैलीमाथि आशंका गरेका छन् । उनीहरूले प्रहरीले घटना गराउने सवारी र चालक नियन्त्रणमा लिएको जनाए पनि अझै पुष्टि गर्न नसक्दा अनुसन्धानमा चलखेलको आशंका गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरूले प्रमाण नष्ट हुन सक्ने, घटनामा संलग्न व्यक्ति फेरबदल भएको हुन सक्ने, प्रहरी दवाब र प्रभावमा पर्न सक्ने भन्दै निष्पक्ष छानविनका लागि सहयोगको आग्रह गरेका छन् ।
यता, मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले घटनाको अनुसन्धान भईरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पीडित, संचारकर्मी, नागरिक समाज र सरोकारवालाहरूसंगको छलफलमा पीडित पक्ष र सरोकारवालाहरूले राखेको चासोलाई सकारात्मक लिएको भन्दै निष्पक्ष अनुसन्धान हुने बताए ।  एउटा स्कार्पीयो र त्यसका चालक नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरिएको बताउँदै विभिन्न व्यक्तिसंग बयान लिने, सिसीटिभि फुटेज संकलन र विश्लेषण गर्ने, कल डिटेल झिकाउने, पोलिग्राफ परीक्षणका लागि प्रक्रिया अघि बढाउने जस्ता अनुसन्धानका प्रक्रिया भईरहेकोले अनुसन्धानमा आशंका नगर्न उनले अनुरोध गरे । अनुसन्धानको दायरालाई फराकिलो बनाई सबै ढंगबाट विश्लेषण हुने भएकाले घटनामा संलग्न दोषिमाथि कारवाही हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकीटोल तिरतिरेधारा नजिक फागुन २० गते हेटौंडा आउदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौडा-६ का अन्दाजी कृष्ण प्रसाद सापकोटाको मृत्यु भएको थियो । घटना लगतै ठक्कर दिने सवारी फरार भएको थियो । पछि प्रहरीले सिसिटिभि फुटेजका आधारमा सवारी नियन्त्रणमा लिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार