२७ फागुन, हेटौंडा । मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिहरु मौलिक अधिकारबाट पनि बञ्चित हुनुपर्ने अवस्था रहेको बताइएको छ । सरकारले निर्माण गरेको ऐनको उचित कार्यान्वयन हुन नसक्दा सो समस्या भएका व्यक्तिहरु वर्षैसम्म अधिकारहरुबाट बञ्चित बन्नुपर्ने परिस्थिती बनेको हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ ।
शुक्रबार हेटौंडामा भएको मनोसामाजिक सु–स्वास्थ्यका लागि मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले मानसिक स्वास्थ्य सम्बन्धी समस्या जटिल बन्दै गएको बताएका थिए । कोशिश संस्थाको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा भएको कार्यक्रममा सरकारले ऐन निर्माण गर्दा नै सो समूहका व्यक्तिहरुलाई सम्बोधन गर्न नसकेको बताएका थिए ।
कार्यक्रममा मानसिक स्वास्थ्य समस्या र यसमा मिडियाको भूमिकाका विषयमा प्रस्तुतीकरण गरिएको थियो । साइकेट्रिक डा. संगिता खड्काले मनोसामाजिक स्वास्थ्य समस्या, मिडियाले यस विषयमा लेखेका समाचार र यसमा रहेका विधमान कानूनका विषयमा सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा समय अनुकुल ऐनहरु परिमार्जन हुन नसक्दा मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरुलाई समस्या हुँदै आएको डा. खड्काले जानकारी दिइन् । मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरु राज्यको सेवा सुविधाको पहँचबाट बाहिर पुगेको उनको भनाई छ । वर्तमान अवस्थामा मानसिक स्वास्थ्यको अवस्था भयावह बन्दै गएको र आगामी दिनहरुमा यसलाई न्यूनीकरणका लागि सबै पक्षबाट उत्तिकै जोड दिन उनले आग्रह गरिन् ।
कार्यक्रममा कोशिशका कार्यक्रम संयोजक थमकुमारी कुँवर, विश्व स्वास्थ्य संगठनका डा. अनुप विसीले सहजीकरण गरेका थिए । कोशिशका प्रतिनिधिहरुले मानसिक स्वास्थ्य र मनोसामाजिक अपांगतालाई सरकारले प्राथमिकतामा नै नराखेको बताएका थिए । मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई प्रयोग गरिने शब्दहरुले झन् पीडित बनाउने गरेको कोशिशका पैरवी अधिकृत सुनिरा लामाको भनाई थियो ।
९० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यको उपज भएको दावी गरिएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा भएको हो ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















