सांकेतिक तस्विर
२७ फागुन, रौतहट । रौतहटको राजदेव र मौलापुर नगरपालिकामा भएको कुटपिट र चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनायो । त्यस्तै जिल्लाको मौलापुर नगरपालिकाको पथराबुधरामका ४१ वर्षीय नरेश महतोको चक्कु प्रहारबाट मृत्यु भएको छ । पथराबुधराम टोलमा यही बिहीबार दिउँसो मदिरा सेवन गरेर स्थानीय सञ्जय महतो र नरेशबीच विवाद भएको थियो । विवादबीच सञ्जयले नरेशमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते नरेशको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरंगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । ढिलागरी सूचना प्राप्त भएको भन्दै प्रहरीले दुवै घटना अहिलेसम्म सार्वजनिक गरेको छैन ।
मौलापुर घटनामा संलग्न रहेको आरोपमा आरोपित सञ्जयसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । ‘हामीलाई घटनाबारे पीडितले ढिला गरी जानकारी गराएकाले समस्या भएको हो,’ उनले भने, ‘राजदेवीको कुटपिटको घटनामा ढिला गरी सूचना दिएकाले कोही पक्राउ परेको छैनन् । हामी चाँडै संलग्नलाई पक्रेर कारबाही गर्छौं । मौलापुरको घटनामा केही मानिस पक्राउ परिसकेका छन् ।’ जिल्ला प्रहरीमा मौलापुर र राजदेवी घटनाका किटानी जाहेरी परिसकेको जनायो ।
राजदेवी घटनामा मृतक परिवारका अनुसार गएको बुधबार होलीको दिन स्थानीय गणेश यादव सहितका तीन जनाको समूहले गजेन्द्र दासलाई कुटपिट गरेका थिए । घटनापछि यादव सहितका समूह फरार छन् । कुटपिटबाट सख्त घाइते दासको यही बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनायो । दासको घरमै मृत्यु भएपछि मात्र प्रहरीलाई खबर गरेका थिए । एसपी बुढा मगरका अनुसार दासको घरमै मृत्यु भएपछि मात्र प्रहरीकहाँ खबर आयो । त्यसपछि प्रहरी पुगेर अनुसन्धानको क्रममा सोधपुछ थालेको हो । (ईकान्तिपुरबाट)
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















