२९ फागुन,हेटौंडा । हेटौंडामा चालु आर्थिक बर्षमा ८ महिनामा भवन निर्माणको दर ओरालो लागेको देखिएको छ।अघिल्लो आर्थिक बर्षमा निर्माण भएका भवन संख्याको आधारमा चालु आर्थिक बर्ष २०७९।०८० मा कम देखिएको हो । भवन निर्माण दरका आधारमा हेटौंडामा बसाईका लागि आउँनेको संख्या पनि कमि आएको आकलन गर्न थालिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको योजना तर्जुमा तथा पुर्वाधार विकास महाशाखा भवन अनुमती तथा मापदण्ड र्कायान्वयन शाखाको तथ्याङ अनुसार चालु आर्थिक बर्षको २०७९।०८० को माघ सम्ममा २३३ वटा भवन निर्माणको नक्सा पास भएको देखिएको छ । अहिलेको तुलनामा अधिल्लो बर्ष करिब ५ सयको संख्यामा भवन निर्माण अनुमति लगिसकेको अवस्था रहेको शाखाले जनाएको छ ।
शाखाका अनुसार चालु आर्थिक बर्ष २०७९÷०८० को माघ सम्म २११ नम्सा इजाजत लिन पालिकामा पेश भएको छ भने ११ वटा नक्सा म्याद थप भएको देखिएको छ । चालु बर्षमा ६० वटा नक्सा नामसारी भएको पाईएको छ । चालु आर्थिक बर्षको माघ मसान्तसम्म सार्वजनिक सडक र प्लानि· स्बिकृतीको काम नभएको महाशाखा प्रमुख सत्यनारायण शाहले बताएका छन्।
तथ्याङक अनुसार चालु आर्थिक बर्षको माघ मसन्त सम्म सबै भन्दा बढी भवन निर्माण इजाजत हेटौंडा–५ मा ६२, हेटौंडा–८ मा ३३, हेटौंडा–७ मा २२, हेटौंडा २ मा १२ र हेटौंडा ६ मा ११ वटा रहेको देखिएको छ भने अन्य वडामा न्यून संख्यामा रहेको जनाएको छ । तथ्याङक अनुसार साउनमा सबै भन्दा बढी ४३, भदौंमा ३०, असोजमा ४१, कार्तिकमा १५, मंसिरमा ३६, पुषमा ३७ र माघमा ३१ वटा इजातज लिने कार्य भएको देखिन्छ ।
महाशाखा प्रमुख शाहका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा चालु बर्षको सुरुबाटै देखिएको आर्थिक मन्दीका कारण भवन इजाजत लिने संख्यामा कमि आएको हो । उनले भने ‘सबैतिर आर्थिक समस्या छ कसरी भवन निर्माणको काम हुनु ।’ बैंक तथा बित्तीय सस्थाले लगानी नगरे सम्मा अहिले भवन निर्माण हुने र बजारमा आर्थिक कारोवारमा सुधार नआएसम्म अवस्था यस्तै रहने उनको बुझाइ छ । अहिले नगरका १९ वटै वडामा न्यून संख्यामा भवन निर्माणको काम भएपनि लगानी अपुग हुँदा बनेका घरहरु पनि पुरागर्न नसकेर म्याद थप गर्नुका लागि निवेदन आउँने क्रममा रहेको उनले बताए ।भवन अनुमती तथा मापदण्ड र्कायान्वयन शाखाका अनुसार अघिल्लो आर्थिक बर्षमा नक्सा पास ७४९, नक्सा दर्ता ७४८, म्याद थप ४९, नक्सा नामसारी १०९, सडक सार्वजनिक १४ र प्लानि· स्विकृत १३ वटा भएको थियो ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















