२ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा भएको छ ।
संघिय सरकारले थालेको पुर्ण खोप सुनिश्चितता गर्ने अभियान अन्तरगत उपमहानगरको पहिलो वडाको रुपमा हेटौंडा–६ ले पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेको हो ।
बुधबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले वडालाई पुर्ण खोप र पुर्ण सस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरेकी हुन् ।
नगरप्रमुख लामाले ‘१८ देखी २३ महिनाका वालवालिकाले २ बर्ष उमेर भित्र पुर्ण खोप पाएको तथा वडाका सबै गर्भवतिहरु स्वास्थ्य सस्थामा पुगेर सुत्केरी भएको शुनिश्चित गरिएको हुँदा’ यसलाई भविष्यमा पनि कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षण गरेकी थिइन् ।
अभियानको उद्घाटन गर्दै नगर प्रमुख लामाले स्वास्थ्य सेवाको स्तर बृद्धिका लागि उपमहानग लागिरहेको बताइन् । उनले स्वास्थ्यमा सुधारसँगै नगरलाई वालमैत्री घोषणका लागि सबैको सहयोग आवश्यक भएको बताइन् ।
उनले नगरवासीलाई स्वास्थ्य सुबिधा बाट बञ्चीत गराउँनु हुँदैन भन्ने उद्देश्यले उपमहानरले अहिले सम्म १ हजार ४५२ जनाको निःशुल्क स्वास्थ्य बिमा गरेको जानकारी दिइन् ।
घोषणा प्रकृया पुरा गर्नका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फत वडाको सर्वेक्षण गरी तथ्याङकको प्रमाणिकरण निर्देशिका बमोजिम पुरा गरेको स्वास्थ्य चौकीका प्रमुख टिएन ढुङगेलले बताए । घोषणाका लागि स्वास्थ्य चौकीले वडामा रहेका ८८ बालिबालिका लाई पुर्ण खोप दिएको, १०२ जना गर्भवतीले स्वास्थ्य सस्थामा आएर सुत्केरी भएको जानकारी कार्यक्रममा दिइएको थियो ।
घोषणासँगै वडामा टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियानको पनि सुरुवात भएको छ । वडामा रहेको २३ वटा टोल बिकास सस्थाको घर घरमा पुगेर स्वास्थ्य अवस्थाको बारे जानकारी लिने अभियानको पनि बुधबारबाटै सुरुवात भएको स्वास्थ्य चौकी प्रमुख ढुङ्गेलले बताए ।
हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष बिष्णुबहादुर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता दिपक तिवारीले भएको कामलाई दिगो बनाउने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

















