४ चैत, हेटौंडा । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले वर्तमान सरकारले रासाइनिक मलमा मुल्यबृद्धी गरेर किसानलाई मारमा पारेको बताएका छन् । उनले किसानको उत्पादनको लागत बढाएर परनिर्भर बनाउन खोजेको आरोप लगाए ।
प्रेस चौतारी नेपाल मकवानपुरले शनिवार विहान हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सविच विष्टले किसानले प्राप्त गरिरहेको सुविधा कटौती गरेर सरकारले किसान र गरिखानेको पक्षमा नरहेको पुुष्टि गरेको बताए । उनले वर्तमान सरकार पद र सत्ताको लोभबाट बनेको दावी गरे ।
उनले एमाले भन्दा बाहेकको अहिले सत्ता समिकरण लामो समयसम्म नटिक्ने दावी पनि गरे । अहिलेको समिकिरण पद र सत्ता प्राप्तिका लागी मात्रै बनेकाले लामो समय नटिक्ने उनको भनाई छ । उनले एमालेलाई कमजोर बनाउनका कसैको आदेशमा बनेको समिकरण लामो समय नटिक्ने दावी गरे ।
यस्तै सचिव विष्टले एमाले केन्द्र सरकारबाट बाहिरिएपनि तत्काल प्रदेश सरकारहरुबाट नबाहिरिने संकेत गरेका छन् । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदैं केन्द्रमा जस्तो शक्ति सन्तुलनको अवस्था प्रदेशहरुमा नरहेकोले प्रदेश सरकारबाट एमाले बाहिरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘शक्ति सन्तुलनको अवस्था केन्द्रमा जस्तो छ सबै प्रदेशहरुमा त्यस्तै अवस्था छैन । सबै प्रदेशहरुको वस्तुगत अवस्थामा आधारित भएर परिस्थितिले जे माग गर्ने छ त्यो अवस्थामा हामीले त्यहि ढंगले निर्णय गछौं ।’ उनले भने ।
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवि ज्ञवाली, एमालेका बागमती प्रदेश कमिटीका सदस्य श्रीधर पोख्रेल, एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, सचिब नविन सिग्देल, प्रदेश युवा परिषद बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईँ लगायतकाको उपस्थिति रहेको थियो ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















