Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्ववियु निर्वाचनः हेटौंडा, मनहरी, निर्मल, वंशगोपालमा अनेरास्ववियुको प्यानल विजयी

aree-1679274017.PNG

६ चैत, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा क्याम्पस, मनहरी बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र जनप्रियमा नेकपा एमाले, नेकपा (एस) र विप्लव माओवादी निकट विद्यार्थी संगठनहरुको संयुक्त प्यानलले जितेको छ । 
हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्व गरेको प्यानल विजयी भएको छ । स्ववियु समापतिमा अनेरास्ववियुका अभि मैनाली विजयी भएका छन् । 
उनले कांग्रेस, माओवादी केन्द्र र राप्रपाको विद्यार्थी संगठनको संयुक्त प्यानलका नेविसंघका राजिव फुयाँललाई हराएका छन् । विजयी मैनालीले २९० मत पाउँदा फुयाँलले १८५ मत पाएका थिए । 
यस्तै मनहरी गाउँपालिका स्थित मनहरी बहुमुखि क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कुमार घिसिङले नेविसंघका उम्मेदवार किशोर लम्साललाई २ मतान्तरले हराउँदै विजयी भएका छन् । घिसिङले २९ मत प्राप्त गर्दा लम्सालले २७ मत प्राप्त गरेका छन् । मनहरीमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । 
यता हेटौंडा १९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुकै प्यानल विजयी भएको छ । निर्मलमा अनेरास्ववियुका सरोज अर्यालले ७६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी भएका छन् भने नेवि संघका जयबहादुर रोक्काले २२ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत हेटौंडा–६, चौघडास्थित बशंगोपाल बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियूको प्यानलनै विजयी भएको छ । अनेरास्ववियूका दिवस सिलवालको प्यानल विजयी भएको हो । सिलवालले अर्का प्रतिस्पर्धि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मोनिका गौतमलाई दोब्बर मतले पराजित गरेका हुन् । सिलवालले १८ मत प्राप्त गर्दा गौतमले ९ मत मात्र गरिन् ।
यसैगरी हेटौंडा–१६, हटियास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा भने विप्लव माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीकी मुना गोले निर्वाचित भएकी छिन् । 
मकवानपुरमा कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसको गठबन्धन र एमाले निकट अनेरास्ववियु, विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको समाजवादी विद्यार्थी संगठनको संयु्क्त प्यानलबीच प्रतिस्पर्धा भएको थियो । मकवानपुरमा त्रिभुवन विश्वविद्यालयको एउटा आंगिक क्याम्पस सहित ७ वटा समाुदायिक क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको हो । 
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर पालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा भने यसअघि नै स्ववियु नेतृत्व सर्वसम्मत चयन भइसकेको छ । पालुङ बहुमुखी क्याम्पसमाको सभापतिमा माओवादी केन्द्रनिकटको अनेरास्ववियु क्रान्तिकारीका पुश्कल श्रेष्ठको नेतृत्वमा स्ववियु सर्वसम्मत चयन भएको हो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार