Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रचण्डले पाए विश्वासको मत 

Prachanda-1679313696.PNG

file photo

६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् । आज भएको मतदानमा उनलाई १७२ जना सांसदले विश्वासको मत दिएका हुन् । 
जम्मा २६२ जना सांसद उपस्थित भएकोमा १७२ जनाले पक्षमा, ८९ जनाले विपक्षमा मत दिएका थिए । यस्तै एकजना सांसद भने तटस्थ बसेका थिए । प्रधानमन्त्री प्रचण्डलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विश्वासको मत दिए भने नेकपा एमाले, राप्रपा लगायत दलले विश्वासको मतको विपक्षमा मतदान गरे । 
त्यसअघि, बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै उनले सेवा प्रवाह सहज, सामाजिक न्यायको प्रवद्र्धन र राष्ट्रिय हितको अभिवृद्धिका लागि सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे । 
संसदमा स्थायित्वको वाचा गरे पनि सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने आफूलाई नलागेको बताउँदै उनले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका कारण विश्वासको मत लिनुपर्ने अवस्था आएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति
1553153586tyankar-1718620034.jpg

३ असार, हेटौंडा । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । तीन दिनदेखि आन्दोलित ट्यांकर चालक...

काठमाडौँका मेयर बालेन ब्राजिल प्रस्थान
Balen-Shah-1718619316.jpg

३ असार, हेटौंडा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् ।  असार ५ र ६ गते...

सोमबार सुनचाँदीको मूल्य घट्यो
Blog_Paytm_Gold-Rates-His-1718603293.jpg

३ असार, हेटौंडा। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले...

इस्लाम धर्मावलम्बीले बकर इद आज मनाउँदै
mosque-_1280-1596188651-1718603271.jpg

३ असार, हेटौंडा । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
Screenshot_20240528_08091-1718595403.jpg

३ असार, रामनगर। आइतबार राति अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु
Screenshot_20240412_11240-1718594891.jpg

३ असार , हेटौंडा । मकवानपुरमा सोमबार बर्षासंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मकवानपुरको...

निर्वाचन आयुक्तमा प्रधान सिफारिस
59de4916-1b8c-47b8-aeba-8-1718593398.jpg

३ असार, हेटौंडा । संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। आइतबार...

पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वर्धनमा टेवा पुग्छ: यादव
Ram-sahay-1718588858.jpg

३ असार, हेटौंडा । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718588201.jpg

३ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार