८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न बोलाइएको बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले विशेष कारण बैठक स्थगित भएको जनाएको हो ।
प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले विशेष कारण अर्को बैठक चैत १० गते दिउँसो १ बजे बस्ने जानकारी दिए । विश्वासको मत दिने विषयमा नयाँ समिकरणको गठबन्धन दल नेपाली कांग्रेसले संसदीय दलको बैठक रहेको कारण देखाउँदै अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । कांग्रेसले सरकारमा सहभागिता र संसदीय समितिसहित प्याकेजमा सहमति गर्न खोजेको छ । यसका लागि चैत १० गते विश्वासको मत लिन मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले सुझाव दिएको थियो । काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेपनि सरकारका बारेमा गठबन्धन दलको सहमति अनुसार अघि बढ्ने निर्णय गरेको छ ।
नेकपा एमालेले अब बस्ने संसद बैठकलाई सम्बोधन गर्दै सरकार छोड्ने र विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ । एमालेले १० र ११ गते आफ्नो पूर्व निर्धारित पार्टी अभियान रहेकाले उपस्थित हुन नसक्ने जनाउँदै १२ गतेका लागि बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई अनुरोध गरेको छ ।
दलहरूबीच संसद संचालन गर्नेबारे ठोस सहमति नभएपछि मूख्यमन्त्री जम्कट्टेलले चैत १० गते विश्वासको मत लिने व्यहोराको पत्र प्रदेशसभा सचिवालयमा पठाउनु भएको छ । जम्कट्टेलले चैत १३ गतेसम्ममा विश्वासको मत लिनुपर्नेछ ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















