Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नारी चेतनाको भवन शिलान्यास

FB_IMG_1679582744828-1679582811.jpg

९ फागुन, हेटौडा ।  हेटौडा–६, चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले निर्माण गर्न लागेको नयाँ भवनको आज शिलान्यास गरिएको छ ।हेटौडा–६ चुच्चेखोलामा निर्माण हुन लागेको नवनिर्मित भवनको आज एक समारोहका विच हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले शिलान्यास गरेका हुन्। 

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष दाहालले महिलाहरुले गरेको कामको प्रशंसा गर्दै भवन निर्माणको लागि वडा कार्यालयको तर्फबाट ७ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।  सहकारीले महिलाहरुको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको वताउदै वहाँले अव सहकारीले उत्पादनको क्षेत्रमा समेत काम गर्नु पर्नेमा जोड दिए।सहकारीकी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दहाल, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष एवम संस्थाका सल्लाहकार रुपेश दुलाल, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका ब्यवस्थापक भीमसेन पौडेल, चुच्चेखोला सामुदायिक वनकी सचिव राधिका विडारी, प्रगतिशिल महिला आपसी विकास संस्थाकी सहसचिव गोमा चौलागाई, संस्थाका सल्लाहकार गौरब कुमार पराजुली, सविना गुरुङ, संस्थाका शेयर सदस्य लगायतको उपस्थिती रहेको रहेको थियो । ७ धुर जग्ग्गामा बन्न लागेको भवन ३ कोठाको हुनेछ भने करिव ३० लाख खर्च लाग्ने र १ वर्षमा निर्माण गरिसक्ने लक्ष्य रहेको संस्था ब्यवस्थापक मोद कुमारी दाहालले जनाएकी छिन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार