Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी सामुदायिक वनमा बक्तृत्वकला, सिद्धार्थकी प्रकृति प्रथम

sd-1679741238.jpg

११ चैत, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ माविकी प्रकृति अर्याल प्रथम भएकी छिन् । 
शनिवार समूहको सभाहलमा सम्पन्न भएको सामुदायिक माध्यमिक विद्यालय स्तरीय लोपोन्मुख सालक संरक्षणमा सामुदायिक वन समूहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा अर्याल प्रथम भएकी हुन । यसैगरी चण्डीका माविकी मल्लिका पुडासैनी द्वितिय र भानु माविकी मनिषा अधिकारी तृतिय भएकी छिन । 
समूहको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक गोमा लामिछानेले जानकारी दिइन् ।  प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार र प्रमाण पत्र, द्धितिय हुनेलाई नगद ४ हजार र प्रमाण पत्र र तृतिय हुनेलाई नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । 
हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका उपाध्यक्ष केशव धितालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का वडा सदस्य विजय पौडेल, सामुदायिकक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नेपाल पत्रकार महासंघ बागतमी प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, सव डिभिजन वन कार्यलय, हेटोडाका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठ, फरेष्टर यदु कुमार घिमिरेको उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, सुनौलो आयआर्जन समूहकी अध्यक्ष पवित्रा रुम्वा, उन्नती आयआर्जन समुहकी अध्यक्ष विमला कुमारी दंगाल, लगनशिल आयआर्जन समुहकी अध्यक्ष जोगमाया राई, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार बानियाँ, चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी, कार्यसमितिका पदाधिकारी, लेखा समिति, सल्लाहकार, कर्मचारी, उपभोक्ता समेतको उपस्थिति रहेको थियो । 
प्रतियोगिताको निर्णायकमा सुनिल शिवाकोटी र शत्रुघन दुलाल रहेका थिए । समूहले प्रत्येक वर्ष सालक संरक्षण सम्वन्धि विद्यालय स्तरमा कार्यक्रम गर्दै आएको कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिए । वन समूहले २०६२ सालदेखि सालकको संरक्षण गर्दै आएको छ भने समूहको क्षेत्रभित्र करिव ५० वटा सालक रहेको समूहले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार