Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्छुः धनराज गुरुङ

DhanaRaj-Gurung-1679742604.jpg

११ चैत, हेटौडा । नेपाली कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवारबाट सुरु भएको नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै गुरुङले यस्तो बताएका हुन् ।
उनले मुलुकको राजनितिक, सामाजिक र आर्थिक पक्ष सवल बनाउँन शिक्षकहरुको ठूलो महत्व रहेको बताउँदै गम्भिर भएर काम गर्न आग्रह पनि गरे । देश कस्तो बनाउँने भन्ने पुस्ता निर्माणमा शिक्षकहरुकै हात हुनेभएकाले त्यसतर्फ पनि सचेत रहन उनले विशेष आग्रह गरे । 
उपसभापति गुरुङले सामुदायीक विद्यालयहरुमा पनि राम्रो पढाई हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्न शिक्षक संघका साथीहरुले दत्तचित्त भएर काम गर्नुपर्ने बताए । उनले राम्रो भएको सामुदायिक विद्यालयलाई पछ्याउने काम गर्न शिक्षकहरुलाई अनुरोध गरे । हरेक पालिकाले अब एउटा नमुना विद्यालय बनाउनुपर्ने उनको सुझाब थियो ।
उनले पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँदा मुलुक भ्रष्टाचारतिर गएको दावी गरे । नैतिकवान मानिसहरुको कमि भएको तर्फ संकेत गर्दै उनले नेताहरुले पाठ्यक्रमबाट नैतिक शिक्षा झिकेर नथन्काइदिएको भए यति धेरै भ्रष्टाचार नहुने तर्क गरे ।
नेपाल शिक्षक संघ बागमती प्रदेशका सभापति नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद श्यामकुमार घिमिरे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शनिवार र आइतबार दुईदिनसम्म चल्ने अधिवेशनले प्रदेशको नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा भाग लिनका लागि वाग्मती प्रदेका १३ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधि हेटौँडामा जम्मा भएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार