११ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मुलुकमा देखिएको आर्थिक संकटबाट देशलाई कसरी निकाल्ने भन्ने तर्फ ध्यान दिनुपर्ने बेला आएको बताएका छन् । उनले देशलाई आर्थिक र राजनितिक संकटबाट बाहिर ल्याएर सम्बृद्धिको बाटोमा लैजान सबैको भूमिका हुनुपर्ने बताए ।
नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै सभापति बानियाँले सरकार बजेट खर्च गर्न सक्ने अवस्थानमा नरहेको बताए । उनले यस्तै बेथिति बढ्दै जाने हो भने शिक्षक र सरकारी कर्मचारीहरुले समेत तलब खान नपाउँने अवस्था आउन सक्ने दावी गरे ।
देशको बजेट खर्च गर्ने क्षमतामा हस आएको भन्दै सभापति बानियाँले यहि कारण देशमा आर्थिक संकट बढेको ठोकुवा गरे । ‘राज्यको कोष खर्च गर्न नसक्ने, खल्तिको पैसा खर्च गर्न नसक्ने । हामीले कस्तो नियम कानुन निर्माण ग¥यौं ? ।’ बानियाँले प्रश्न गरे । उनले स्थायी सरकारको रुपमा कर्मचारीहरुले देशको प्रधानमन्त्री, मन्त्री, प्रदेशको मुख्यमन्त्री हेरेर बजेट कार्यान्वयन गर्दा पनि समस्या भएको आरोप लगाए ।
सभापति बानियाँले सबैले आफनो काम अनुसारको जिम्मेवारी बोध नगर्ने हो भने अझैपनि देशलाई संकटबाट बाहिर ल्याउँन नसकिने दावी गरे । उनले शिक्षकहरुलाई आफुले बोकेको गहन जिम्मेवारीबाट पछि नहट्न र समाज परिवर्तनको अगुवाइलाई अझ प्रभावकारी र शसक्त बनाउँद निरन्तरता दिन आग्रह गरे ।
उनले अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने भएकाले गुटउपगुटबाट बाहिर निस्किएर नयाँ नेतृत्व चयन गर्न सुझाव दिए । आफु सधै शिक्षकहरुको साथमा रहेको उल्लेख गर्दै नेता बानियाँले सबै किसिमका सहयोगका लागी सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।
नेपाल शिक्षक संघ बागमती प्रदेशका सभापति नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, संघीय सांसद श्यामकुमार घिमिरे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















