Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

झडपले अशान्त बन्यो विराटनगर

336532377-227841019727447-1679997997.jpg

१४ चैत,सुन्दरहरैचा ।   कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ता  र प्रहरी बीचको भिडन्तमा परेर विराटनगरमा एक दर्जन व्यक्ति घाइते भएका छन्।मंगलबार दिउँसो पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच कोशी प्रदेशको राजधानी विराटनगरमा झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन्।

राजधानीको नामाङ्कनको विरोध गर्दै आएका पक्षहरूले आज दिउँसो होटल बिगमा आयोजित दीगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी हुन आएका सांसदलाई घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताएका छन्। 

आन्दोलनकारीले प्रहरीको घेरा तोडेर होटलभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर, अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो।आन्दोलनकारीले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन्। आन्दोलनकारीतर्फ पनि ६ जना घाइते भएको बताइएको छ। झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो। अवस्थालाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार