१७ चैत,हेटौंडा । हेटौंडा वडा नम्बर-६ ले सुरु गरेको जनता स्वास्थ्य घरदैलो कार्यक्रम प्रभावकारी देखिएको छ।हेटौंडा स्वास्थ्य चौकी चौघडाले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा सो कार्यक्रमको जानकारी दिदै प्रभावकारी भएको उल्लेख गरिएको हो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ र हेटौंडा स्वास्थ्य चौकी चौघडाले कार्यक्रम अन्तर्गत मृगौला जोगाऔ अभियानको घरदैलो स्वास्थ्य शिविरमा ७ सय ९० ले सेवा लिएको हेटौंडा-६ स्थित हेटौंडा स्वास्थ्य चौकीका प्रमुख तोयानाथ ढुंगेलले पत्रकार सम्मेलनमा बताएका छन्।
जनता स्वस्थ्य घरदौलो कार्यक्रम मार्फत ‘जनताको मृगौला जोगाऔं’ अभियान चलाउँदै चैत्र १३ गतेदेखी १६ गतेसम्म हेटौंडा-६ को २३ टोलहरुमा ३० बर्ष उमेर माथिका व्यक्ती लक्षित स्वास्थ्य शिविर चलाइएको र जसमा ५ सय २७ महिला र २३६ पुरुषले मृगौला जाच गरेको ढुङ्गेलले बताए।
हेटौंडामा सम्भवत पहिलो पटक वडा कार्यालयको नेतृत्वमा जनताको घरघरमै पुगी स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य केन्द्रका प्रमुख ढुंगेल बताउँछन् ।
" कार्यक्रम अन्तर्गत शिविरमा प्रोटिन, पिएच र ग्लूकोजको परिक्षण गरिएको, जसमध्ये प्रोटिनमा ८५ जनालाई सामान्य समस्या , २३ जनालाई न्यून समस्या, ७ जनालाई केही समस्या र ४ जनालाई मध्यम समस्या देखिएको,त्यसैगरी पिएच टेस्मा ४ जनालाई सामान्य समस्या,८ जनालाई न्यून समस्या, ३ जनालाई केही समस्या देखिएको छ । ग्लूकोज टेस्टमा भने २२ जनलाई सामान्य, ७ लाई न्यून, १५ लाई केही र २० लाई मध्यम समस्या देखिएको थियो" - चौकी प्रमुख ढुङ्गेलले भने।
पत्रकार भेटघाटमा उनले स्वास्थ्य चौकी प्रमुख ढुंगेलले निकट दिनमै नगरलाई बालमैत्री स्थानिय शासनयुक्त कायम गर्ने अभियान अन्तर्गत यस चौकीले स्वास्थ्य तर्फको ८ वटा सुचकहरु पूरा गरिसकेको बताए ।पत्रकार भेटघाटमा बोल्दै हेटौंडा-६ का वडाध्यक्ष विष्णु दाहालले स्वास्थ्य चौकीले वडावासीको स्वास्थ्यको क्षेत्रमा योगदान गरेको बताउदै, जनता स्वास्थ्य घरदौलो कार्यक्रम सम्भव १९ वडामै पहिलो रहेको बताए।
पत्रकार भेटघाटमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्यद्वय विजय पौडेल, लेखराज ढकाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमारी अधिकारी पोष्टराज रानी सामुदायिक वन उपभोक्ता समूहका सचिव भीमसेन पौडेल,स्थानिय युवा प्रदीप ढुंगाना लगायतको उपस्थिति रहेको थियो।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















