Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसद्वारा गोविन्दराज जोशी र विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा

Govindaraj-Joshi-1680423451.jpg

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए । जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको पाण्डेको भनाइ छ । ‘बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरूको कारबाही फुकुवा भएको छ । यो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरू पर्नुभएको छ।’
२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए। तनहुँको सिफारिसमा २०७५ पुस २४ गते कारबाही गरेको थियो। यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा चितवन–४ बाट तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि विकास कोइरालामाथि कारबाही भएको थियो । अब उनीमाथिको कारबाही फुकुवा भएको छ । यस्तै २०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूको हकमा उपनिर्वाचनमा गर्ने गतिविधि अनुसार निर्णय लिने सहमहामन्त्री पाण्डेले बताए । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार