Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसद्वारा गोविन्दराज जोशी र विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा

Govindaraj-Joshi-1680423451.jpg

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए । जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको पाण्डेको भनाइ छ । ‘बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरूको कारबाही फुकुवा भएको छ । यो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरू पर्नुभएको छ।’
२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए। तनहुँको सिफारिसमा २०७५ पुस २४ गते कारबाही गरेको थियो। यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा चितवन–४ बाट तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि विकास कोइरालामाथि कारबाही भएको थियो । अब उनीमाथिको कारबाही फुकुवा भएको छ । यस्तै २०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूको हकमा उपनिर्वाचनमा गर्ने गतिविधि अनुसार निर्णय लिने सहमहामन्त्री पाण्डेले बताए । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा आगलागी, एकजना सामान्य घाइते
Screenshot_20240416_19080-1713273806.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...

सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा चौधरीलाई दिएको समर्थन फिर्ता
samajbadi_madhav_nepal_16-1713264827.jpg

४ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी...

तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

थप समाचार