Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपमहानगरका चार ठाउँमा बित्तीय शिक्षा र परामर्श कक्षा

aa-1680782704.jpg

२३ चैत, हेटौंडा । बैदेशीक रोजगारीमा रहेका परिवारलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको चार ठाउँमा बित्तीय शिक्षा र सामाजिक परामर्श कक्षा सञ्चालन भएको छ । 
उपमहानगरसँगको सहकार्यमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत हेटौंडा ३ को दुई, १८ र १९ को एक÷एक वटा समुहमा कार्यक्रम सञ्चालन गरिएको हो । 
बिषेश गरी खाडी मुलुकमा रोजगारीका लागि पुगेकाहरुको परिवारलाई लक्षित गर्दै चारवटा समुहमा सञ्चालन भएको कार्यक्रमले यहाँ रहेकालाई कसरी आर्थिक मितव्ययी बनाउँन सकिन्छ भन्ने बारेमा सहजिकरण गर्ने कार्यक्रम संयोजक अञ्जीता थापा मगरले बताइन् । 
तिन महिनासम्म सञ्चालन भएको तालिमले बाह््य मुलुकमा रहरे कमाएको पैसालाई बचत गर्ने, रोजगारीमा गएका व्यक्ती सम्पर्कमा नआए वा केही समस्या भए कहाँ सम्पर्क गर्ने, बैदेशीक रोजगारीमा रहेका व्यक्तीले प्रयोग गरेका काजगपत्रलाई सुरक्षित राख्ने, पारीवारीक वाताबरण कसरी बनाउँने लगाएतको बिषयमा जानकारी गराउने बताइएको छ । 
लामो समय देखि सञ्चालनमा रहेको परिवर्तन कक्षामा सहभागि हेटौंडा ३ लेवटकी सरीता थिङले तालिमबाट आफुहरुले निकै परिवर्तन महशुस गरेको बताइन् । उनले बाह््य मुलुकमा रहेका व्यक्तीले दुखः गरी कमाएर पठाएको पैसालाई फजुल खर्च नगरी कसरी बचत गर्ने भन्ने शिक्षा पाएको बताइन् । 
हेटौंडा–३ लेवटमा सञ्चालनमा रहेको बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको बिहीवार हेटौंडा १६ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक रामकृष्ण कोइराला सहितको टोलीले अनुगमन गरेको छ । अनुगमन गर्दै समितिका संयोजक कोइरालाले नियमित बचतका लागि सिप आवश्यक भएको बताएका थिए ।
दैनिक आय आर्जनमा जोडिन सके काम र पैसा दुबै हुने भएकाले बचतका लागि सहज हुने बताए । उनले रोजगारको शिलशिलामा बाह््य मुलुक गएकाको भन्दा पनि आफैले रोजगारीको अवसर श्रृजना गरेर आर्थि उपार्जनमा जोडिन आग्रह गरे । 
अनुगमनमा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख लक्ष्मी नारायण भगत, सुरक्षित आप्रवासन कार्यक्रम संयोजक सञ्जीता थापा मगर, नगर प्रमुख सचिवालयका रुपा बिडारी लगाएतकाले अनुगमन गरेका थिए ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार