Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एकीकृत शिविरबाट राक्सिराङका ६ हजारले सेवा लिए

fdfdf-1680786461.PNG

२३ चैत, राक्सिराङ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले फागुन २९ गतेबाट चैत २२ गतेसम्म सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट करिब ६ हजार स्थानीयले विभिन्न सेवा प्राप्त गरेका छन । 
पालिकाले वडा कार्यालयको सेवा लिनसमेत तीन घन्टासम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यतामा रहेका त्यहाँका स्थानीयलाई घरघरमै पुगेर स्थानीय तहले प्रदान गर्ने सेवा प्रदान गरेको थियो । पालिकाले विभिन्न वडाहरू लक्षित गरी गत फागुन २९ गतेदेखि सुरु गरेको अभियान चैत २२ गते बुधबार सम्पन्न गरेको छ। आमनागरिकलाई स्थानीय सरकारले सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविरको आयोजना गरेको हो । 
पालिकाले घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रूपमै भुक्तानीसम्मका सेवा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । अध्यक्ष मल्लले ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरेको बताए। पालिकाको चार स्थानमा भएको छुट्टाछुट्टै शिविरमा करिब दुई हजारजनाले स्वास्थ्य जाँच सेवाका साथ निःशुल्क औषधि प्राप्त गरेका थिए । 
स्वास्थ्य सेवाअन्तर्गत गर्भवती जाँच, भिडियो एक्सरे, क्षयरोगको खकार जाँच, परिवार नियोजनको अस्थायी साधन आयुसिडी र इम्प्लान्ट लगाइएको थियो। आयुर्वेद सेवातर्फ करिब सात सय ५० जनाको जाँच तथा औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित कर्मचारीको टोलीले नै गाउँमा सेवा दिन पुगेको थियो । ज्येष्ठ नागरिक, अशक्त तथा हिँड्न नसक्ने बिरामीहरूको घरघरमै पुगी स्वास्थ्य जाँच र निःशुल्क औषधिको समेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए  । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार