Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

थप ३ वटा प्राविधिक बिषयमा पढाउँदै हेटौंडा सिटी कलेज

eee-1680914728.jpg

२५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिटी कलेजले आगामी शैक्षिक सत्रदेखि सिटिइभिटीको ३ वटा विषय अध्यापन गराउने भएको छ । 
कलेजले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै सिटिइभिटीको कर्मसियल कुकिङ बेकरी लेभल १, केयर गिभर र मन्टेश्वरी विषयको अध्यापन सुरु गर्न लागेको जानकारी दिएको हो । 
कर्मसियल कुकिङ बेकरी लेभल १ अन्तर्गत ७९२ घण्टाको कक्षा सञ्चालन गरिने कलेजका प्राध्यापक श्रीबहादुर कार्कीले बताए । उनका अनुसार केयर गिभर र मन्टेश्वरी लेभल १ को ३९० घण्टाको कक्षा सञ्चालन हुनेछ । 
जिल्लामा नै पहिलो पटक सो कलेजमार्फत उक्त विषयहरु अध्ययापन गराउने अनुमति पाएको प्राध्यापक कार्कीले बताए । यसअघि यस विषयहरुको अध्ययापन निजी क्षेत्रका संघसंस्था तथा शैक्षिक केन्द्रबाट हुँदै आएको थियो । कलेजले सिटिइभिटीबाट अनुमती प्राप्त गरेलगत्तै उक्त विषयहरु अध्यापनका लागि शिक्षकहरु पनि नियुक्त गरिसकेको छ । 
कलेजले यी विषयहरुका ३०÷३० वटा कोटामा विद्यार्थीहरु राखेर अध्यापन गराउने जानकारी दिइएको छ । कर्मसियल कुकिङ र केयर गिभर अध्ययनका लागि कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ भने मन्टेश्वरीका लागि एसएलसी वा एसईई पास गरेको हुनुपर्नेछ । पढाइमा कमजोर र परिस्थितिले अध्ययन गर्न नसकेका व्यक्तिको लागि लक्षित गरी कलेजले उक्त विषय अध्यापन गराउने तयारी गरेको हो । 
साना बालबालिकाको अध्यापन तथा हेरचाह कमजोर रहेकाले त्यसको मध्यनजर गर्दै मन्टेश्वरी ट्रेनिङ र सीप अभावका कारण वेरोजगार वा वैदेशिक रोजगारका समस्या परेका व्यक्तिका लागि सहजता प्रदान गर्ने प्राध्यापक कार्कीले बताए । जिल्लालाई शैक्षिक हवको रुपमा विकास गर्नको लागि क्रियाशिल रहेको यस कलेजमा स्कुल स्तरदेखि स्नातकसम्म अध्यापन गराउँदै आएको छ । 
विद्यालयमा नर्सरीदेखि स्नताकसम्म करिव १ हजार २०० जना विद्यार्थी अध्ययनरत रहेको प्राध्यापक कार्कीले बताए । कार्कीका अनुसार कलेजले माध्यमिक तहतर्फ व्यवस्थापन, विज्ञान र कानून संकाय अध्ययापन गराउँदै आएको छ । कानून विषयका लागि कलेजले यसै शैक्षिक सत्रबाट अध्यापन गराएको उनले बताए । 
स्नातक तहतर्फ व्यवस्थापन र आइटीको पढाई हुँदै आएको छ । २०७० सालबाट कलेजले विएस्सी सिएस आइटी र २०७४ बाट विसिएको अध्यापन गराउँदै आएको छ । जिल्लामा पहिलो पटक विएस्सी सिएस आइटी अध्यापन गराउँदै आएको कलजेले हरेक वर्ष ९० प्रतिशत भन्दा बढी नतिजा ल्याउने गरेको छ ।
विद्यालयले आगामी वर्षमा एचए र ल्याव असिस्टेन्ट विषयको पनि अध्यापन पनि गर्ने लक्ष्य लिएको र आन्तरिक तयारी गरिरहेको प्राध्यापक कार्कीले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार