Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माविको ४८ औ अभिभावक भेला सम्पन्न

FB_IMG_1680940919129-1680941002.jpg

२५ चैत, हेटौंडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले शनिबार अभिभावक भेला सम्पन्न गरेको छ।हेटौंडा उपमहानगरपालिका उप प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बानियाँले शिक्षा मुलुकको प्रगती र उन्नतीको पाइला भएको भन्दै शिक्षा देश विकासका लागि महत्वपुर्ण रहेकोले शिक्षालाई सबैले सम्मान गर्नुपर्ने बताए।उनले विद्यार्थी र शिक्षक र अभिभावक बिचको त्रिकोणत्म सम्बन्ध सुमधुर हुनुपर्ने बताउदै परिस्थीत गम्भीर ढङ्गले अघि बढेको भन्दै अभिभावकहरु सचेत रहनु पर्ने बताए ।

भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बानियाँले शैक्षिक अवस्था माथी उठाउन सबै पक्षको योगदान रहेको भन्दै राज्यमा रहेको तिन वटै सरकारले शिक्षा क्षेत्रको विकासका लागी सकरात्मक कदम चाल्नु पर्ने समेत बताएका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा-२ का वडा सदस्य सुरज बर्तौला,हेटौंडा उपमहानगर शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रमेश विडारी, शिक्षक अभिभावक संघका अध्यक्ष भिम कुमार श्रेष्ठ, विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ,विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र बर्तौला,ज्ञानु महरा, लक्ष्मी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र ढकाल, विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ्, अभिभावकद्वय सुवास न्यौपाने,तारा राई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विद्यालयका पुर्व शिक्षकहरु विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पुर्व  शिक्षक,विद्यार्थीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको २०७७ शालको शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने विद्यालयका सहायक प्रधानाध्यापक रामशरण अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा अङ्ग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

FB_IMG_1680940931495-1680941003.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार