Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गौरीटारमा विषादीरहित तरकारी खेतिसम्बन्धी तालिमको समापन

Screenshot_20230408_14554-1680945280.jpg

२५ चैत, हेटौंडा ।  हेटौंडा-६ तल्लो गौरीटारमा रहेको नमूना आईपिएम कृषक पाठशालामा भएको १६ हप्ते विषादीरहित तरकारी खेतिसम्बन्धी तालिमको समापन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको तालिमको शनिबार समापन गरिएको हो । 
कार्यक्रममा पाठशालाकी कोषाध्यक्ष मञ्जु चौलागाईंले पाठशाला अवधिभरको गतिविधि समेटेर प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उत्कृष्ट तीन समूहलाई पुरस्कृत समेत गरिएको थियो ।
हेटौंडा-६ का अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं पाठशालाकी अध्यक्ष शोभा खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतम, उपमहानगरपालिकाका शिक्षा एवं आर्थिक महाशाखा प्रमुख गंगाधर रिमाल, टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष बासुदेव खतिवडा, आईपिएम सहजकर्ता घमराज तिमल्सिना, सहभागीहरूको तर्फबाट नम्रता दाहाल, रूद्रप्रसाद खतिवडा, पाठशालाकी सचिव शर्मिला दंगाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य विजय पौडेल र लेखराज ढकाल, उपमहानगरपालिकाकी कृषि शाखा प्रमुख गंगा चौलागाईं, सहकारीका प्रतिनिधि, सामाजिक, धार्मिक एवं शैक्षिक संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 
तालिममा २५ जना कृषकहरूको सहभागिता रहेको थियो । उपमहानगरपालिकाले हेटौंडाको पदमपोखरी र शिखरपानीमा पनि आईपिएम पाठशाला संचालन गरिरहेको जनाइएको छ ।

IMG-6a6cc3523a428628267b6-1680945318.jpg
IMG-e12ff7028f6acc41ccd17-1680945319.jpg
IMG-58a27bfe3a50329f6df3a-1680945355.jpg
IMG-2ca90d025b657492f118d-1680945355.jpg
IMG-7da2f6eb1a5bc3de02450-1680945355.jpg
IMG-7f59a548836051fa63577-1680945382.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार