२८ चैत,हेटौंडा । हेटौंडा-१८ हर्नामाडीमा रहेको १६८ खानेपानी धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ।
उपभोक्ता समिति मार्फत् रहेका उक्त धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको हो। मंगलबार हेटौंडा–१८, हर्नामाडीस्थित ठूलोदमारमा रहेको हर्नामाडी डीप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत्का १८६ वटा धारा बोर्ड मातहत हस्तान्तरण गरिएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिएका छन् । उपभोक्ता समिति अध्यक्ष रामकृष्ण बानियाँले बोर्डका अध्यक्ष प्रताप विष्टलाई सम्पूर्ण कागजात सहित धारामा अवरुद्ध घरधुरीको विवरण हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा हेटौंडामा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया, वडाअध्यक्ष अनिलकुमार बानियाँ, पूर्वगाविस अध्यक्ष शिवबहादुर रिजाल, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्ड कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटा तथा हर्नामाडी सहलगानी खानेपानी समिति अध्यक्ष केशव पण्डितलगायत उपस्थिती रहेको थियो।
बोर्ड मातहत आएसँगै स्थानीयले हेटौंडा उपमहानगरले प्रदान गर्ने न्यूनतम पानी महसुलमा छुट प्राप्त गर्नुका साथै धारा जडान शुल्कमा सहुलियत प्राप्त गर्नेछन् । बोर्डले हाल २३ हजार २७० धारामार्फत पानी वितरण गरिरहेको छ । दैनिक १ करोड ८५ लाख लिटर पानी बोर्डले वितरण गर्ने गरेको छ ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















