२८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका खोनेपानीका धाराहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण हुने क्रम बढेको छ ।
उपमहानगरपालिकामा पछि थपिएका तथा साविकका वडाहरुमा उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका धाराहरु बोर्डको सेवा चुस्तदुरुस्त भएपछि धमाधम बोडमा हस्तान्तरण हुन थालेका हुन् ।
यसैबीच मंगलबार हेटौंडा–१८, हर्नामाडीस्थित ठूलोदमारका १८६ वटा धारा बोर्ड मातहतमा हस्तान्तरण भएका छन् । हर्नामाडी डीप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत् रहेका १८६ वटा धारा बोर्ड मातहत हस्तान्तरण भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए ।
एक कार्यक्रमकाबीच उपभोक्ता समिति अध्यक्ष रामकृष्ण बानिया“ले बोर्ड अध्यक्ष प्रताप विष्टलाई सम्पूर्ण कागजात हस्तान्तरण गरेका हुन् । बोर्ड मातहत आएस“गै स्थानीयले न्यूनतम पानी महसुलमा छुट प्राप्त गर्नुका साथै धारा जडान शुल्कमा सहुलियत प्राप्त गर्नेछन् । हाल उपभोक्ता समितिमार्फत् धारा जडान गर्दा दशहजार रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब ३८ सय ५० रुपैयाँ तिरे पुग्छ ।
‘अब उपमहानगरपालिकाले तोके अनुसारको न्यूनतम महसुल यसै महिनाबाट छुट गर्ने व्यवस्था मिलाउने छौं ।’, बोर्ड अध्यक्ष विष्टले मासिक दशहजार लिटरसम्म पानी नगरका उपभोक्तानले निःशुल्क प्राप्त गर्ने जानकारी दिए । उनले नगरभर रहेका उपभोक्ता समितिलाई विस्तारै बोर्डअन्तर्गत् ल्याउन छलफल भइरहेको पनि बताए ।
बोर्डका सूचना अधिकारी न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा हेटौंडा–१०, न्यूरेनीमा रहेको उपभोक्ता समितिको १५० वटा धारा, हेटौंडा–१४, बनेलधापमा रहेको २ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी समेत बोर्ड मातहत आइसकेको छ ।
यस्तै सूचना अधिकारी न्यौपानेले हेटौंडा–१३, पदमपोखरीस्थित ठूलोथली खानेपानी तथा उपभोक्ता समिति अन्गर्ततका एक हजारभन्दा बढी धारा बोर्ड मातहत चालु आर्थिक वर्षमै हस्तान्तरण हुने क्रममा रहेको जानकारी दिए । य
सैगरी हेटौंडा–१८, हर्नामाडीमा रहेको सहलगानी, भौडी खानेपानी र बुदुने, हेटौंडा–३, बसामाडीको मिलन टोल तथा हेटौंडा–६, कल्याणीटारस्थित खानेपानी उपभोक्ता समिति पनि बोर्ड मातहत आउने तयारी भइरहेको न्यौपानेले बताए । बोर्डले उपमहानगरपालिका भित्र हाल २३ हजार २७० धारामार्फत दैनिक १ करोड ८५ लाख लिटर पानी बोर्डले वितरण गर्दै आएको जनाएको छ ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

















