Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक वन उपभोक्ता महासंघ ईन्द्रसरोवरमा गौतमको नेतृत्व

rra-1681264526.jpg

२९ चैत, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, ईन्द्रसरोवरको दोश्रो स्थानीय अधिवेशनबाट सावित्री गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 
समितिको उपाध्यक्षमा लिलिमाया भ्लोन सचिवमा राम बहादुर विष्ट र कोषाध्यक्षमा एकन बहादुर थोकर चयन भएका छन । यसैगरी अधिवेशनले जिल्ला प्रतिनिधिमा महिला तर्फ सावित्री गौतम, कान्छी गोले र लिलिमाया भ्लोन पुरुष तर्फ राम बहादुर विष्ट, सानुकान्छा थोकर र एकन बहादुर गोलेलाई चयन गरेको छ । 
यस्तै प्रदेश प्रतिनिधी महिला तर्फ सावित्री गौतम, कान्छी गोले र लिलिमाया भ्लोन र पुरुष तर्फ राम बहादुर विष्ट, सानुकान्छा थोकर र एकन बहादुर गोले चयन भएका छन । 
अधिवेशनको उदघाटन गर्दै ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले सामुदायिक वनले वनको संरक्षण गरेकै कारण वातावरण स्वच्छ भएको बताए । सामुदायिक वनको संस्थागत विकासमा गाउँपालिकाले सहयोग गर्ने बताउदै अध्यक्ष पुडासैनीले भने अव सामुदायिक वन समूहले  वनक्षेत्र भित्र रहेका जडीबुटीहरुको उपयोगमा ध्यान दिनु पर्छ । 
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाले सामुदायिक वनले आयआर्जन हुने काम गर्नु पर्ने बताउदै गाउँपालिकाले फलफूल खेती गर्न सामुदायिक वन समूहलाई सहयोग गर्ने बताईन ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय, ईन्द्रसरोवरका प्रमुख जियालाल यादव, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, महासंघकी सहजकर्ता सन्ध्या शिवाकोटी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसने पौडेल, विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार