२९ चैत, हेटौंडा । मृगौला सम्बन्धि रोगबाट ग्रसित नेपाली कांग्रेस मकवानपुरका नेता रामकृष्ण चेपाङको उपचारका लागि फिल्मको विशेष प्रदर्शनी (च्यारिटी) हुने भएको छ । भोली बिहीबार चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
कांग्रेससहित विभिन्न पार्टीका नेताहरुले सञ्चालन गरेको रामकृष्ण चेपाङ बचाउ अभियानले नेपाली चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेका हुन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ८ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष रहेका चेपाङ विगत करिब एक बर्षदेखि मृगौलाको विरामीका कारण घरमै आराम गर्दै आएका छन् ।
कांग्रेस नेता शंकर न्यौपानेको संयोजकत्वमा रामकृष्ण चेपाङ बचाउ अभियान सञ्चालन भैरहेको छ । ‘आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले मृगौला प्रत्यारोपण गर्न नसकेकोले वहाँको जीवन रक्षाको उद्देश्यसहित चलचित्रको विशेष प्रदर्शनी गर्न लागेका हौं’, न्यौपानेले भने, ‘यो अभियानमा कांग्रेस, स्वतन्त्र पार्टी लगायतका दलका नेताहरुले सहयोग गरिरहनुभएको छ ।’
टिकट विक्री र सहयोग प्रतिबद्धता वापतको रकम संकलन गरी चेपाङलाई हस्तान्तरण गरिने उनले बताए । दिउँसो साढे २ बजे ओम्याक्स हलमा विशेष प्रदर्शनी हुने जानकारी दिइएको छ । यसअघि नाई नभन्नु ल ६ को प्रदर्शन गर्ने भनिएपनि विशेष कारणले बुलाकी चलचित्र देखाउनुपरेको कांग्रेस नेता सुशान्त श्रेष्ठले जानकारी दिए ।
चेपाङको मृगौला ट्रान्सप्लान्ट र औषधिको लागि करिब ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेताहरु आनन्दराम पराजुली, ईश्वर पाठक, ईन्द्रकुमार बर्तौला, उत्सव इटेनी, स्वतन्त्र पार्टीका नेता टाकाराज थापा लगायतको उपस्थिती थियो ।
डाइलासिस गर्दैछु, चाँडै प्रत्यारोपण गर्नेछु: चेपाङ
कांग्रेस नेता रामकृष्ण चेपाङले नियमित डाइलासिस सेवा लिँदै आएको जानकारी दिँदै पैसाको जोहो हुने वित्तिकै मृगौला प्रत्यारोपण गर्ने जानकारी दिएका छन् । उनकै सहयोगका लागि आयोजना हुन लागेको बुलाकी चलचित्रको विशेष प्रदर्शनीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका उनले सहयोगका लागि आभार व्यक्त गरे ।
‘विगत एक वर्षदेखि उपचारको क्रममा छु । नियमित डाइलासिस सेवा लिइरहेको छु’, उनले भने, ‘आज पनि डाइलासिस गरेरै आएको हुँ । मलाई परेको दुःखको अवस्थामा अग्रज तथा साथीहरुले मेरो लागि सहयोग अभियान चलाउनुभएकोमा कृतज्ञ छु ।’ नेपाली कांग्रेस क्षेत्रीय सल्लाहकार समेत रहेका चेपाङ हेटौंडा ११ सुकुम्बासी बस्तीस्थित घरमा रहेर उपचारको काममा लगिपरेका छन् ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

















