३ बैशाख, चितवन । सूर्तीजन्य पदार्थ नियन्त्रणगर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनको नारायणगढमा आयोजना गरेको “सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन् ।
सूर्तजन्य पदार्थ सेवनका कारण नेपालमा बर्षेनी २७ हजार जनाको मुत्यु हुने गरेकाले यसको नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्ने बताएका हुन् । अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन बनेपनि कार्यान्वयन हुन नसकेको मा चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय मानिसको मृत्यु सूर्तीजन्य पदार्थको कारणले हुने गरेको जानकारी दिए । सूर्तीजन्यपदार्थ नियमन गर्ने एन बनेपनि कार्यान्वयन गर्न जटिल हुनेगरेको बताए । सूर्तीजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ८० प्रतिशत विकाससन्मुख मुलुकका नागरिक रहेको जानकारी दिए ।
सन् २०२० मा भएका अध्ययन हरुले २२.३ प्रतिशत विश्वका मानिसले सूर्तीजन्य पदार्थको सेवन गरेको तथ्य रहेको उनले बताए । त्यसमध्ये ३६.७ प्रतिशत पुरुष र ७.८ प्रतिशत महिला रहेको जनाइएको छ । नेपालमा सूर्तीजन्य दैनिक २४.१ प्रतिशत मानिसले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्य रहेको उनले जानकारी दिए । त्यसमध्य ४०.१ प्रतिशत पुरुष र १० प्रतिशत महिला रहेको उनले जानकारी दिए ।
यस्तै २८.९ प्रतिशत मानिषले (धुम्रपान वा धुँवारहित ) सेवन गर्ने गरेको तथ्य सन् २०१९ मा भएको एस टिइ पिएस सर्वेले देखाएको उनले जानकारी दिए । धुम्रपान गर्ने १७.१ प्रतिशत मध्ये २८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिला रहेका छन् । विद्युतीय चुरोट प्रतियोग गर्नेहरु बढ्दै गएको भन्दै उहाँले ०.८ प्रतिशत रहेको जानकारी दिए ।
सूर्तीजन्य पदार्थको सेवनका कारण मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ्ने उनले बताए । कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताए । उनले २० मिनेट मात्रै धुम्रपान नगर्दापनि उच्च रक्तचाप, पल्स रेड र शरीरिको तापक्रम सामान्य अवस्थामा ल्याउन सकिने बताए ।
आठ घण्टा धुम्रपान नगर्दा ९३.७५ प्रतिशत निकोटिन लेभल घट्ने उनले जानकारी दिए ।यस्तै दुई हप्ता धुम्रपान गर्दा रक्तसञ्चार र दाँतमा गमको मात्रा सामान्य अवस्थामा आउने भन्दै डा. कार्कीले सूर्तीजन्य पदार्थको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड दिए । चुरोटको धुँवामा ४ हजार प्रकारका केमिकल हुने बताउँदै ५० वटाले क्यान्सर बनाउने जानकारी दिए ।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सूर्तीजन्य पदार्थको कर र मूल्य बढाउन सकेपनि केही हदसम्म नियन्त्रण गर्न सकिने बताए । दक्षिण एशियामा सबैभन्दा सस्तो सूर्तीजन्य पदार्थ नेपालमा रहेको जानकारी दिदै यसको मुल्य बढाउनुपर्ने बताए । साथै उनले सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐन कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्ने बताए । उनले सूर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन सुझाव दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सूर्तीजन्य पदार्थको नियन्त्रणको प्रयास यस अघि गरिएको भए पनि निरन्तरता दिन नसकिएको बताइन ।उनले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न भरतपुर महानगरपालिका सधै लागिपर्ने प्रतिबद्धता ब्यक्त गरिन् । उनले सबैको सहकार्यमा एन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताइन् । मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वाथ्य पत्रकार मञ्चले सूर्तीजन्य पदार्थको नियन्त्रण गर्न गर्न बनेको एन कार्यान्वयन गराउन सबै निकायलाई सचेत गराउने बताए ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

















