४ बैशाख, हेटौंडा । बागमती प्रदेशका १३ वटा जिल्लाका सामुदायिक बिद्यालयका महिला शिक्षकहरुका लागि पाँच दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिमको आज हेटौंडामा समापन गरिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश युवा परिषद्को आयोजनामा पाँच दिने आत्म रक्षा तालिम दिइएको हो । प्रदेशका बिभीन्न जिल्लाका सामुदायिक बिद्यालयका शिक्षिकाहरुलाई प्रशिक्षक बनाएर उनीहरु मार्फत बिद्यार्थीहरुलाई पनि आत्मरक्षा तालिम दिने उदेश्यले यो तालिम दिएको हो ।
पाँच दिन सम्म तालिम लिएका शिक्षीकाहरुले आफ्नो बिद्यालय, वरपरका विद्यालय र पालिका वरपरका बिद्यालयका बिद्यार्थीहरुलाई आत्म रक्षा तालिम दिने बताएका छन् ।
कार्यक्रमको समापनका अवसरमा बोल्दै प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले सबै कुरा सिक्नुपर्ने स्थान बिद्यालय भएकाले शिक्षीकाहरुलाई तालिम दिएर प्रशिक्षक बनाइएको बताईन् । बिद्यालयमा सिकाइएको कुरा सबैले सिक्ने भएकाले बिद्यालय स्तरमा यो तालिम दिनका लागि प्रशिक्षक तयार गरिएको उनको भनार्य थियो ।
कार्यक्रमको समापनका अवसरमा बोल्दै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले यो तालिम लिएर प्रमाणपत्र लिने मात्र भन्दा पनि परिणाम दिने दावी गरे । उनले अहिले पनि पुरुषको तुलनामा महिला माथी हिंसा हुने भएकाले आत्म रक्षा तालिम दिनुपरेको बताए । प्रदेशका हरेक जिल्ला युवा समितिले पनि यो तालिम दिने भएकाले समन्वय गरेर प्रशिक्षकको भूमिका निर्बाह गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश युवा परिषद्का निमित्त कार्यालय प्रमुख रमेश घिमिरे, परिषद्का सदस्य सप्तरानी महर्जन, प्रमुख प्रशिक्षक सन्जु महर्जन, प्रशिक्षार्थी शिक्षीकाहरु गायत्री शिवाकोटी, लिला तितुङ लगायतकाले आफ्ना धारणा व्यक्त गरेका थिए ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















