७ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सर्वाङ्गीण विकासका लागी सबैभन्दा पहिला लक्ष्य र गन्तव्य निर्धारण गर्न सुझाव दिएका छन् । शुक्रबार उपमहानगरको नगरको विकासका सन्दर्भमा सरोकारवालाहरुसँग भएको अन्र्तक्रियामा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
करिब एक वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनाव जितेर उपमहानगरको नेतृत्वमा आएकी मेयर मिनाकुमारी लामाले शुक्रबार सबै क्षेत्रका सरोकारवालाहरुसँग उपमहानगरको व्यवस्थित विकासका लागि सुझाव मागेकी थिइन् ।
गोष्ठीमा सहभागीहरुले उपमहानगरलाई कस्तो बनाउने र विकासको कुन मोडलबाट अगाडि बढ्ने भन्नेमा उपमहानर नेतृत्व पहिला स्पष्ट हुनुपर्ने बताएका थिए । हेटौंडालाई औद्योगिक सहर, पर्यटन, शिक्षा, स्वास्थ्य वा अन्य क्षेत्रमध्ये एउटा क्षेत्रलाई प्राथमिकतामा दिएर व्यवस्थित योजना बनाउनु पर्नेमा अधिकांशले जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले उपमहानगरलाई नागरिकले महशुस गर्न सक्ने गरी विकास गर्नुपर्ने बताए । उनले पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरेर समानुपातिक विकासको अवधारणा अपनाउनुपर्ने सुझाव दिए ।
यस्तै हेटौंडा उपमहानगरका पूर्वमेयर तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सडक, पुल निर्माणलाई मात्रै विकास देख्न नहुने भन्दै शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा गरिएको लगानीलाई पनि विकासको रुपमा लिनुपर्ने धारणा राखे ।
उनले सर्वप्रथम हेटौंडाको गन्तव्य निर्धारण गर्नुपर्ने बताए । विगतमा नगरको विकास गन्तव्य एउटा, कार्यान्वयन अर्कैतिरबाट भएको भन्दै व्यवस्थित विकास हुन नसकेको बताए । उनले उपमहानगरको ९५ प्रतिशत नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
गोष्ठीमा राष्ट्रियसभा सदस्य तथा बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । देवकोटाले स्थानीय शासन, संघीयता, अन्तर तह समन्वय, बजेट तर्जुमा र स्थानीय तहका असल अभ्यास बारे प्रस्तुतीकरण दिँदै उपमहानगरको विकासमा व्यवस्थित योजना बनाएर अघि बढ्नुपर्ने बताए ।
उनले संविधानले अधिकार स्थानीय तहलाई दिए पनि विकेन्द्रीकरण व्यवहारमा लागू हुन नसकेको बताए । सिंहदरबारको अधिकार स्थानीय तहसम्म पु¥याउन विकेन्द्रीकरणले काम गनुपर्ने भएता पनि राजनीतिक नेतृत्वका कारण कार्यान्वयनमा समस्या आएको उनको भनाई थियो ।
हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले नगरको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । आफूले पहिलो पटक व्यवस्थित विकासको लागि सुझाव संकलन गर्न खोजेको भन्दै नगरबासीको आवस्था परिवर्तन गर्नेगरि काम गर्न तयार रहेको बताईन् ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

















